उत्कृष्ट ४० मा निकिता


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

भोली चीनको सान्या शहरको सान्या सिटी एरिनामा हुन लागेको मिस वल्र्डको उत्कृष्ठ ४० मा नेपाली सुन्दरी निकिता चाण्डक पर्न सफल भएकी छिन् । ६७ औँ संस्करणको उक्त प्रतियोगीतामा उनले विश्वका ११८ मुलुकका सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिईन ।

मिस वल्र्ड २०१७ का सहभगि ११८ सुन्दरीहरुलाई बीस समूहमा विभाजन गरी संचालन गरिएको हेड टू हेड च्यालेन्स अन्तर्गत समूह तीनमा रहेकी नेपालकी निकिताले आफ्नो समूहको विजेता हुँदै टप फोर्टीमा आफूलाई सुरक्षित बनाएकी हुन् । समूह तीनमा नेपालकी निकिता बाहेक बेल्जियम, क्यामरुन, गिनिया, मडागास्कार र चीलीका सहभागिहरु रहेका थिए । टप फोर्टीमा पर्नु बाहेक निकिता मिस वल्र्डको प्रतियोगिताको टप मोडल अवार्डमा उत्कृष्ट तीस भित्र र ब्युटि विथ अ पर्पस विधामा पनि उत्कृष्ट बीस भित्र रहन सफल भएकी थिइन् ।

मिस वल्र्डको यस पटकको मुल्यांकन परिधिमा हेड टू हेड च्यालेन्जबाट २० वटा समूहमा रहेकाहरु मध्येबाट हरेक समूहको समूह विजेता गरी २० जना, मुख्य विधा गत अवार्ड स्पोर्टस्, मल्टिमिडिया, टप मोडल, ब्युटि विथ अ पर्पस तथा ट्यालेन्ट विधाका विजेता गरी पााच जना र निर्णायकहरुको मुल्यांकनबाट १५ जना गरी उत्कृष्ट चालीसको चयन गरिने मिस वल्र्ड २०१७ को मुल्यांकनको नयाा ढाँचाबाट अन्तत: मिस वल्र्ड २०१७ को ग्राण्ड फिनालेको मंचको प्रस्तुति संगै नयाा विश्व सुन्दरीको घोषणा हुँदैछ ।

Nari Magazine : Aajaki Nari

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com