एमालेका नेताले भने ः प्रचण्ड नेपालका राजनेता


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

मंसिर १ चितवान । नेकपा एमालेका पोलिट्व्यूरो सदस्य काशीराज अधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको चामत्कारिक राजनेता भएको भन्दै प्रशंसा गरेका छन् ।
शुक्रबार भरतपुरको गीतानगरमा आयोजित सभामा अधिकारीले प्रचण्ड सामान्य नेता नभएको भन्दै प्रचण्डले नेपाली रानीतिक इतिहासमा नेपालमा कसैले कल्पना नै नगरेको गणतन्त्रको स्थापना गरेर चमत्कार गरेको बताए । ‘कमरेड प्रचण्ड सामान्य नेता होइन, असाधारण प्रतिभा भएको चामत्कारिक राजनेता हो।’ उनले भने, ‘प्रचण्डले नेपालमा कसैले कल्पना नै नगरेको गणतन्त्रको स्थापना गरे । नेपालमा उनले के–के चमत्कार गरे, तपाईहरु सबैले बुझ्नुभएकै होला।’
नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाएर प्रचण्ड र ओलीले फेरि अर्को चमत्कार गर्न लागेको भन्दै उनले प्रचण्डकै नेतृत्वमा मुलुक आर्थिक रुपले समृद्ध बन्ने दाबी गरे । जनआन्दोलनको नेतृत्व गर्ने प्रचण्ड चितवन जिल्लाले पाउनु इतिहासकै दुर्लभ अवसर रहेको अधिकारीले जनाए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com