कांग्रेसले जनता झुक्याउने दिन गए : ओली


प्रकाशित मिति : कार्तिक ३०, २०७४ बिहीबार

काठमाण्डौं, ३० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी अध्यक्ष प्रचण्डले कम्युनिष्ट फुटाएर शासन गर्ने कांग्रेसका दिन सकिएको बताएकाछन् ।

बागलुङको गल्कोटमा आज बाम गठबन्धनले गरेको सभालाई सम्बाधेन गर्दै नेता द्धयले बिगत लामो समयदखि कांग्रेसले कम्युनिष्टलाई फुटाएर शासन गरिरहेको बताए ।

सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले जनताको चेतनास्तर माथि उठिसकेकाले जनता झक्याउने काम नगर्न कांग्रेस नेताहरुलाई आग्रह गर्नुभयो । उहांले परिवर्तन र समृद्धिका लागि बाम गठबन्धनलाई बिजयी बनाउन आवश्यक रहेको भन्दै कांग्रेसको बुढोरुखले जनतालाई साहारा दिन नसक्ने बताउनुभयो ।

माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले लगातार कम्युनिष्ट फुटाएर नेपालमा शासन गरिरहेको बताउंदै कम्युनिष्ट फुटाएर शासन गर्ने दिन समाप्त भएको बताउनुभयो । उहांले कांग्रेससंग प्रतिस्पर्धा गर्न पाएको भए केहि खुसी लाग्थ्यो भन्दै कांग्रेसले राप्रपालाई समर्थन गरेर भुल गरेको आरोप लगाउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओबादी नेता देवेन्द्र पौडेलले पनि सम्बोधन गर्नुभएको थियो ।

नेता ओली र प्रचण्डले आजै स्याङ्जाको पुतलिबजार र वालिङ, पर्वतको कुश्मामा संबोधन गर्ने कार्यक्रम रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com