राष्ट्रपति ट्रम्पद्वारा आफ्नो एसिया भ्रमणको बचाउ, उहाँले भन्नुभयो– अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन


प्रकाशित मिति : कार्तिक ३०, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो– मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन ।

उहाँ करिब दुई हप्ताको एसिया भ्रमणपछि मङ्गलबार मात्र अमेरिका फर्किनुभएको छ । बुधबार अमेरिकी एक टेलिभिजनमा दिनुभएको वक्तव्यमा उहाँले सो धारणा राख्नसुभएको हो ।

उहाँले आफ्नो एसिया भ्रमणबाट उत्तर कोरियाका विरुद्धमा जनमत निर्माण गर्न सघाउ पुगेको पनि सो सम्बोधनका बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो २५ मिनेट लामो टेलिभिजन सम्बोधनका क्रममा उहाँले पटक पटक पानी पिउनुभयो र त्यति नै पटक उहाँले उत्तर कोरियाको विरोधमा आफ्नो भ्रमणको अनुभव पनि सुनाउनुभयो ।

उहाँ एसियाका पाँच देश दक्षिण कोरिया, जापान, चीन, भियतनाम र फिलिपिन्सको भ्रमणमा जानुभएको थियो । उहाँले १२ दिनसम्म लगातार ती देशको भ्रमणमा बिताउनुभएको थियो ।

उहाँले सो सम्बोधनमा भन्नुभएजस्तै उहाँको एसिया भ्रमणमा उत्तर कोरिया नै प्रमुख विषय बनेको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमलाई उहाँले विभिन्न देशमा बोल्ने क्रममा निकै आलोचना गर्नुभएको थियो ।

विश्वले शान्ति र समृद्धि खोजिरहेको बेला उत्तर कोरियाले भने आणविक क्षेप्यास्त्रको होडबाजी चलाएको भन्दै उत्तर कोरियाली शासकलाई क्रुर र तानाशाहको संज्ञा पनि उहाँले दिनुभएको थियो ।

उहाँले आपूm पुगेका प्रत्येक स्थानमा त्यहाँका नागरिकले आफू र अमेरिकी नागरिकलाई ठूलो सम्मान र सद्भाव दर्साएको अनुभव पनि सो अवसरमा व्यक्त गर्नुभयो ।

साथै ती देशका जनताले उत्तर कोरियाको आणविक होडबाजीको पछिल्लो क्रियाकलापको पनि कडा शब्दमा निन्दा गरेको अनुभव पनि उहाँले सो सम्बोधनका क्रममा व्यक्त गरेको समाचारमा जनाइएको छ ।

सोही कारण पनि अहिले समग्र विश्व नै अमेरिकी नागरिकको साथमा रहेको, उत्तर कोरियाको सो क्रियाकलापको विरुद्धमा रहेकोले अब उसको हतियार र आणविक क्षेप्यास्त्रको दादागिरी नचल्ने निष्कर्ष आपूmले निकोले पनि उहाँले बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न दक्षिण कोरियाबाट आह्वान गर्नुभएको थियो । त्यसपछि भने उहाँ उत्तरको निकै आलोचक बन्नुभयो ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाको संसदमा गर्नुभएको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गर्नुभएको थियो ।

पछि उहाँले चीन भ्रमणका क्रममा पनि कोरियाली प्रायद्वीपको मुद्दाका बारेमा समन्वय गर्न चिनियाँ राष्ट्रपति सि चिनीफङलाई पनि आग्रह गर्नुभएको थियो ।

सो आग्रहपछि राष्ट्रपति चिनफिङले पनि कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्दामा चीनले अमेरिकासँग समन्वय गर्ने बताउनुभएको समाचारमा जनाइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि राष्ट्रपति चिनफिङले भन्नुभएको थियो– ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसमा साथसाथमै काम गर्न तयार छौँ ।

बिहीबार उहाँहरुबीचको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि समस्या बनेकोले समाधानका लागि पहल गर्न चीनलाई आग्रह गर्नुभएको बताइएको थियो ।

उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोपूर्ण रुपमा हेरिएको छ । उहाँहरुबीचको सो सहकार्यले आगामी दिनमा उत्तर कोरियाको यो आणविक होडको वातावरणमा परिवर्तन आउन पनि सक्ने अनुमानहरु गरिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com