Follow @khasokhasmag

विप्लव नेतृत्व नेकपाका जिल्ला संयोजक पक्राउ


प्रकाशित मिति : कार्तिक ३०, २०७४ बिहीबार

कात्तिक ३०, पाल्पा विप्लव नेतृत्वको नेकपाका एक युवा नेता पक्राउ परेका छन्। पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवक पाल्पाका संयोजक शंकर तामाङ ९दर्पण० लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

तामाङलाई बुधबार तानसेन–६ लहरेपिपलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए। बाहिरी जिल्लामा विभिन्न चुनावविरोधी गतिविधि बढेपछि पाल्पामा सम्भावित घटना रोक्न तामाङलाई नियन्त्रणमा लिएको उनले बताए । तामाङबारे अनुसन्धान भइरहेको र सार्वजनिक अपराधको मुद्दा अगाडि बढाउने प्रहरी उपरीक्षक पन्तले बताए। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विभिन्न ठाउँमा बम विस्फोट हुन थालेपछि प्रहरीले जिल्लामा सुरक्षा उच्च सतर्कता बढाएको जनाइएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com