एनआरएनए अध्यक्ष भवन भट्टले निगमलाई बुझाएनन् विमानको रकम


प्रकाशित मिति : कार्तिक ३०, २०७४ बिहीबार

३० कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको महिना दिन बित्यो । ३० असोजमा भएको संघको चुनावअघि उनले एक करोड ५० लाख रुपैयाँ बुझाएका थिए । तर, एक साताभित्र बुझाउनुपर्ने बाँकी रकम अझै निगमले पाएको छैन ।

निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार, एक साताभित्र बाँकी रकम बुझाउन सम्झौतासहित बीबी एयरवेजलाई विमान बिक्री गर्ने निर्णय भएको थियो ।

‘म्याद गुज्रिसक्यो, सम्पर्क पनि हुन सकेको छैन । बाँकी रकम बुझाउने/नबुझाउने भन्ने कुनै निर्णय पनि आएको छैन,’ श्रेष्ठले भने ।

संघको चुनावका बेला भट्टले जहाज खरिद गरेको समाचार सार्वजनिक भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अग्रिम रकम बुझाएर उनी सम्पर्कविहीन भएपछि निगमका लागि बोइङ–७५७ फेरि टाउको दुखाइको विषय बनेको छ । ३/४ पटकसम्म गरिएको बोलपत्र आह्वानको उपलब्धि देखिएको छैन ।

बीबी एयरवेजलाई विमान बिक्री गर्ने निर्णय वार्ताको माध्यमबाट लिइएको थियो ।

आगामी बोर्ड बैठकबाट उक्त विमानबारे निर्णय लिइने श्रेष्ठले बताए । उनका अनुसार निगमले भट्टलाई १४ लाख ६० हजार अमेरीकी डलर अर्थात् १५ करोड १८ लाख रुपैयाँमा विमान बिक्री गरेको थियो ।

त्यसमध्ये डेढ करोड रुपैयाँ बुझाए । बाँकी १३ करोड ६८ लाख रुपैयाँ बुझाउने अत्तोपत्तो छैन ।

भवनले सन् २०१२ को अक्टुबरमा वेट लिज बिमानमार्फत् बीबी एयरवेजको उडान सुरु गरेका थिए । सातामा चार दिन मलेसिया उडान सुरु गरेपनि उनले लिजमा लिएको बिमानको भाडा समयमै नतिरेका कारण दुई महिनामै कम्बोडियन कम्पनीले बिमान फिर्ता लगेको थियो । त्यसयता बीबी एयरवेज नाम मात्रको एयरलाइन्सका रुपमा रहेको छ, उडान सञ्चालन गर्न सकेको छैन् ।

चुनाव अगाडी प्रचारका लागि सो बिमान किन्ने भनिएपनि बिमान ममर्त गर्न झण्डै ८० करोड रुपैयाा  खर्च हुने भएका कारण भवन बिमान किन्ने योजनालाई अगाडी बढाउन नखोजेको बुझिएको छ ।

उक्त विमान १७ करोड रुपैयाँमा बिक्री गर्ने निगमको शुरुवाति योजना थियो । तर, तोकिएको रकम कबोल गर्दै कुनै कम्पनीको आवेदन आएन । सोही कारण बीबी एयरवेजसँग वार्ताबाटै सम्झौतामा पुगेका थिए, निगमका अधिकारीहरु ।

सन् १९८७ मा खरिद गरिएको उक्त विमानको मर्मत खर्च बढ्दै जाने र लागतअनुसार नाफा पनि नहुने देखेपछि निगमले बिक्री गर्ने निर्णय लिएको हो । नयाँ इन्जिन फेर्न मात्र एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ ।

उक्त विमान चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । बोइङ ७५७–२०० सिरिजको विमानको दर्ता नम्बर हो, नाइन एन–एसीए । उक्त विमानले हालसम्म ८६ हजार चार सय १० घण्टा उडान भरेको छ ।

निगमका एक अधिकारीका अनुसार उक्त विमान अब यात्रु ओसारपसारका लागि योग्य छैन । कार्गाेका लागि प्रयोग गर्न भने सकिन्छ ।

निगमसँग दुई वटा एयरबस–३२०–२०० सिरिजका विमान छन् । तीमध्ये एउटा जहाज हालै मर्मत गरेर फर्केको छ ।

निगमले एयरबसबाटै दुई वटा वाइड बडी विमानको खरिद प्रक्रिया अगाडि बढाएको छ । थप न्यारो बडी विमान ल्याउने योजनामा छ निगम ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com