मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु
प्रकाशित मिति : कार्तिक ३०, २०७४ बिहीबार

कात्तिक ३०, गुुल्मी रेसुङ्गा नगरपालिका– ४ अर्खलेमा मलामी लिएर आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन्। जिप दुर्घटनामा कपिलवस्तु बाडगंगा ८ का ५५ वर्षका रुद्र वा ढेगाको मृत्यु भएको हो। उपचारका लागि पाल्पा लैँजादै गर्दा बाटोमा ढेगाको ज्यान गएको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। बुधवार राति साढे १० बजे छलदीपनाहाबाट अर्खले आउँदै गर्दा जिप सडकदेखि ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा पाँच जनाको र जिल्ला अस्पताल तम्घासमा नौ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।