आचारसंहिता मिचेर बाटो बनाउँदै, भोट माग्दै कांग्रेस उम्मेदवार


प्रकाशित मिति : कार्तिक ३०, २०७४ बिहीबार

कात्तिक ३०, म्याग्दी । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न डोजर लगाएर सडक निर्माण गरेको भन्दै म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाविरुद्ध उजुरी परेको छ ।
रघुगंगा गाउँपालिकाले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेशसभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको पक्षमा र मंगला गाउँपालिकाले एमालेबाट प्रदेशसभा ‘ख’ की उम्मेदवार नरदेवी पुनको पक्षमा मत प्रभावित बनाउन डोजर प्रयोग गरेको छुट्टाछुट्टै उजुरी परेको मुख्य जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका आचारसंहिता अनुगमन अधिकृत छविन्द्र बेलवासेका अनुसार कार्यालयले दुवै गाउँपालिकालाई तीन दिनभित्र उक्त सडक निर्माणको बजेट, कार्यक्रम, लागत अनुमान र कार्यादेश, गाउँ कार्यपालिकाको निर्णयसहित कागजात मागिएको छ ।
बेनी नगरपालिका—९ घतानका खिमबहादुर चोखालले तस्वीरसहित रघुगंगा गाउँपालिकाले निर्वाचन आचारसंहिता विपरीत झिं–पाखापानी सडक निर्माण गरेको उजुरी गरेका छन् । त्यसैगरी, काँग्रेस जिल्ला सचिव मीनबहादुर कार्कीले मंगला गाउँपालिकाले कुहुँ–काउले सडक निर्माण गरिरहेको उजुरी गरेका हुन् ।
अध्यक्ष, उपाध्यक्षसमेत दुई तिहाइ बहुमत कांग्रेसले नेतृत्व गरेको रघुगंगा गाउँपालिकाले काँग्रेस राप्रपाको गठबन्धनबाट प्रदेशसभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको जन्मगाउँ पाखापानी जोड्ने सडक निर्माण गरेको हो । गर्वुजा र गौचन दुवै रघुगंगाका बासिन्दा हुन् ।
त्यसैगरी, एमाले समेत वाम गठबन्धनको पूर्ण नेतृत्व रहेको मंगला गाउँपालिकाले पनि एमालेबाट प्रदेशसभा ‘ख’ की उम्मेदवार नरदेवी पुनको पक्षमा मत प्रभावित गर्न उनकै गाउँमा बस्ती जोड्ने सडक निर्माण गरेको उजुरी परेको हो ।
“निर्वाचन आचारसंहिता लागू भएपछि विभिन्न गाउँपालिकामा डोजर लगाएर मत प्रभावित हुने गरी सडक निर्माण भइरहेको उजुरी परेका छन्” मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले भने, “सरोकार पक्षलाई पत्र लेखी सचेत गराउनुका साथै उजुरीको सत्यतथ्यमाथि अनुसन्धान शुरु गरेका छौँ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com