दैनिक दूध पिउनाले हाडजोनीको रोग निको


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

घुँडाको जोर्नी सुन्निने, ओष्टियोआर्थराइटिसजस्ता दुखाईजन्य रोगको पूर्ण उपचार हालसम्म फेला परिसकेको छैन । तर, दैनिक दूध सेवनले हाडजोर्नीको रोग निको पार्न मद्दत पुग्ने अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

दूध क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र प्रोटिनका स्रोत हुन्, जुन हड्डी वृद्धि र विकासका लागि अनिवार्य छन् । बाल्यकालदेखि नै आवश्यकमात्रामा दुध र दुग्धजन्य उत्पादन उपभोग गर्नाले हड्डी मजबूत हुनाको साथै भविष्यमा ओस्टियोपोरोसिसजस्ता रोगसंग लड्ने क्षमतामा वृद्धि गर्छ ।

‘आर्थराइटिस केयर एण्ड रिसर्च’ नामक जर्नलमा प्रकाशित रिपोर्टका अनुसार नियमित रुपमा चिल्लोरहित दूधको सेवन गर्ने महिलामा घुँडाको ओस्टियोआर्थराइटिस ढिलो गरी भएको पाइएको थियो । तर, चिज सेवन गर्नेमा भने रोग चाँडो लागेको पाइएको थियो । तर, पुरुषमा भने यस्तो तथ्य नपाइएको अनुसन्धानकर्ताको भनाई छ । दही सेवन भने ओष्टियोआर्थराइटिस बढ्ने या घट्नेसँग सम्बन्धित नरहेको पाइएको छ।

अहिलेसम्म ओष्टियोआर्थराइटिस निको पार्ने कुनै औषधि निस्किएको छैन । दुख्ने समस्याबाट मुक्ति पाउन फिजियोथेरापी, तौल नियन्त्रण तथा औषधि सेवनको सल्लाह दिइन्छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसी० का अनुसार सन् २००५ सम्ममा अमेरिकामा २५ वर्षसम्मका २ करोड २७ लाख वयस्कहरु ओष्टियोआर्थराइटिसको समस्याबाट पीडित थिए । वैज्ञानिकका अनुसार ८५ वर्षको उमेरसम्ममा २ जनामध्ये एक जनामा ओष्टियोआर्थराइटिस हुन सक्छ भने ३ मध्ये २ जना मोटा व्यक्ति पनि यस्तो समस्याबाट पीडित हुन सक्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसका साथै दूधमा हुने क्याल्सियम र फोस्फोरसको मात्राले दाँतको विकास र निर्माणमा मद्दत पुर्‍याउँछ । दूधमा पाइने प्रचुर प्रोटिनले दाँतको इनामेलको पातलो आवरण निर्माण गर्छ । यो आवरणले दाँत अम्लीय पदार्थको सम्पर्क आउँदा इनामेलबाट क्याल्सियम र फोस्फेट क्षति हुनबाट बचाउँछ ।
दूधले गुलिया खानाबाट दाँतलाई हुने असरबाट पनि बचाउँने अनुसन्धानहरुले देखाइसकेका छन् । यसैले पनि दन्तरोग विशेषज्ञहरुले दूधलाई खानाको बीचमा पिउँने सुरक्षित तरल पदार्थ भनेका छन् । यसले दाँतलाई सड्नबाट पनि बचाउँछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com