एमबीबीएस चिट चोरीमा संलग्न १७ जनाविरुद्ध मुद्दा


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम० को एमबिबिएस प्रवेश परीक्षामा चिट चोरीमा संलग्न १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मुद्दा दायर गरेको हो।
परिसरका अनुसार उनीहरुविरुद्ध तीन वटा मुद्दा दायर भएको छ । संगठित अपराध, ठगी र साइबर क्राइम मुद्दा दायर गरिएको परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले बताए । प्रहरीले पक्राउ परेका १५ जना दुई जनालाई फरार अभियुक्त बनाएर मुद्दा चलाएको थियो।

गिरोहका नाइके समिर झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, डा। सुशील मण्डल, अभय मिश्र, विशदेव र सौभरकुमार विरुद्ध मुद्दा दायर भएको छ । उनीहरु गत २८ असोजमै पक्राउ परेका थिए । संगठित अपराध मुद्दामा ६० दिनसम्म थुनामा राख्न सक्ने अधिकार प्रहरीलाई भए पनि अदालतले म्याद थप नगरेपछि छिट्टै्र मुद्दा बुझाएको हो ।

त्यस्तै दुई साताअघि पक्राउ परेका डा।सुशील मण्डल र अभय मिश्रलाई पनि मुद्दा दायर भएको छ । त्यस्तै चिट चोर्ने बिद्यार्थीहरुविरुद्ध पनि मुद्दा दायर भएको छ । दुई साताअघि पक्राउ परेका डा. मण्डल डिभाइसमार्फत प्रवेश परीक्षाको उत्तर तयार पार्ने व्यक्ति हुन् । आइओएमबाटै उनले एमबिबिएस अध्ययन गरेका हुन् । कुनै अस्पतालमा पनि काम नगर्ने उनले एमबिबिएसको परीक्षामा चलखेल गर्दै आएका थिए।

त्यस्तै, मिश्र पुतलीसडकस्थित एडुमार्क कन्सलटेन्सीका सञ्चालक हुन् । उनी प्रवेशपत्रमा फोटो परिवर्तन गराउने व्यक्ति हुन् । किर्ते मुद्दामा कारबाही गरेपछि उनलाई डिभाइसमार्फत समेत चिट चोरी मुद्दामा प्रहरीले कारबाही गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिट चोर्ने विद्यार्थीलाई प्रहरीले पीडित बनाएर छाडेको थियो । तर, सरकारी वकिल कार्यालयले उनीहरूलाई पनि प्रतिवादी बनाएको छ । सरकारी वकिल कार्यालयको निर्देशनपछि विद्यार्थीहरू राहुल झा, शिखा झा, महेन्द्र ठाकुरलाई पनि मुद्दा दायर गरेको छ । पक्राउ परेर छुटेका विद्यार्थी सक्षमराज भण्डारीलाई फरार अभियुक्तका रुपमा मुद्दा दायर भएको छ ।

प्रहरी अनुसन्धानमा धेरै बिद्यार्थीहरुले डिभाइसमार्फत चिट चोरेको पुष्टि भएको थियो । प्रहरीले त्यससम्बन्धि प्रतिवेदन आईओएममा बुझाए पनि आईओएममले अहिलेसम्म नजिता प्रकाशन गर्ने वा परिक्षा रद्द गर्नेबारे निर्णय गरेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com