जनसम्पर्क समिति अमेरिकाका सभापति बिष्ट नेपाली काँग्रेस केन्द्रीय सदस्य नियुक्त


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट नेपाली काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य नियुक्त हुनुभएको छ । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले बिष्टलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ । भारतबाहेक विदेशमा रहेका नेपाली काँग्रेसका नेताहरुमा आमन्त्रित केन्द्रीय सदस्यमा नियुक्त हुने बिष्ट पहिलो नेता हुनुहुन्छ ।

उहाँले आमन्त्रित केन्द्रीय सदस्यको हैसियतले पार्टीका केन्द्रीय बैठकहरुमा भाग लिने अधिकार पाउनुहुनेछ । २० बर्षसम्म अनवरत प्रजातन्त्र र मानवअिधकारको पक्षमा दिएको योगदान र अनवरत रुपमा पार्टीका लागि गरेको कामको उच्च मूल्यांकन भएको भन्दै नेता बिष्टले पार्टी सभापतिलाई धन्यवाद दिनुभएको छ । नेता बिष्ट चुनावको शिलशिलामा यतिबेला नेपालमा हुनुहुन्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com