ललितपुरको आगलागी ६ उद्योगमा फैलियो


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागी राती ९ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागी सबा ६ बजेबाट सुरु भएको आगलागीको कारण थाहा हुन सकेको छैन । आनन्द प्लास्टिक उद्योगबाट सुरु भएको आगो अहिलेसम्म दुधडेरी, पञ्चकन्या, फर्निचर लगायतमा फैलिएको छ ।

उपत्यकामा रहेका सबै दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय मिलेर आगलागी नियन्त्रणमा खटिएका छन् । ७ सय टन बराबरको प्लास्टिकको दानाहरु रहेको आनन्द प्लास्टिक उद्योगबाट आगलागी सुरु भएको थियो । प्लास्टिकको दानाबाट आगो सुरु भएको र छाना खसेकाले आगलागी नियन्त्रणमा लिन कठिन भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन भने औद्योगिक क्षेत्रमा रहेका कामदार लगायत सबैलाई बाहिर निकालिएको छ । घरहरु जोडिएका कारण र आगलागी ठूलो भएका कारण नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com