टीपीएस प्राप्तकर्ताले ग्रिनकार्ड पाउनसक्ने नयाँ विधयेक ल्याइदै


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

ट्रम्प प्रशासन टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएस अन्त्य गर्ने पक्षमा देखिएको र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी कार्यकारी सेक्रेटरी एलेन ड्युकले टीपीएसबारे स्थायी समाधान खोज्न सदनलाई आब्हान गरेको सन्दर्भमा तीनजना सांसदहरुले टीपीएस प्राप्त गरेकाहरुले ग्रिनकार्डका लागि आवेदन दिनसक्ने प्रावधान सहितको विधयेकको तयारी गरिरहेका छन् ।

एस्पायर एक्ट नाम दिइएको यो विधयेक पारित भएमा टीपीएस प्राप्तकर्ताहरुले ग्रिनकार्डका लागि आवेदन दिन सक्नेछन् । तर उनीहरुले स्वदेश फर्कनुपरेमा चरम कठिनायीको सामना गर्नुपर्ने कुरा न्यायाधिस समक्ष प्रमाणित गर्नुपर्ने हुन्छ । विधयेक पारित भएमा सन् २०१७ को जनवरी १ भन्दा अगाडि टीपीएस प्राप्त गर्नेहरुले स्वेदश फर्केमा चरम कठिनायीको अवस्था सामना गर्नुपर्ने दावी गर्दै ग्रिनकार्डका लागि आवेदन दिन सक्नेछन् ।

न्युयोर्ककी डेमोक्रेटिक कँग्रेसम्यान एभेट क्लार्कले मायामीका रिपब्लिकन प्रतिनिधी एलियाना रस लेटिनेन र वासिंटनका डेमोक्रेटिक प्रतिनिधी प्रमिला जयपालसँग मिलेर विधयेक पेश गर्ने तयारी गरिरहेकी छिन् । त्यो बाहेक चरम कठिनायी प्रमाणित गर्न नसक्नेहरुले पनि अमेरिकामा ६ बर्ष बस्न पाउनेगरी सुविधा पाउनेछन् तर उनीहरु अमेरिकामा कम्तीमा ५ बर्ष टीपीएसमा रहेको हुनुपर्नेछ । यो विधयेक पारित भएमा उनीहरुले हरेक १८ महिनामा टीपीएस रिन्यु गर्ने झन्झट वा खारेज हुने डरबाट मुक्त हुनेछन् ।

एभेट क्लार्कको यो प्रस्ताव मायामीका रिपब्लिकन प्रतिनिधि कार्लोस कर्बेलोको दुईसात अगाडि ल्याएको विधयेक भन्दा पनि विस्तृत हुनेछ । कर्बेलोले ल्याएको विधयेकमा हैटी, निकारागुवा, साल्भाडोर र होण्डुरसका सन् २०११ को जनवरी १३ भन्दा अगाडि आएका आप्रवासीहरुलाई अमेरिकामा स्थायी रुपमा बसोबासका लागि बाटो खोल्छ तर उनले ल्याएको बिलले नेपाल, सोमालिया, साउथ सुडान, सिरिया र यमनका टीपीएसप्राप्त आप्रवासीहरुलाई भने समेट्दैन । कर्बेलोको बिलमा पनि रिपब्लिकन प्रतिनिधीहरु एलियाना रस लेटिनेन र मारियो डियाज बलार्टले हस्ताक्षर गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीनजनै रिपब्लिकन प्रतिनिधीहरुले ल्याएको यो बिल भन्दा रिपब्लिकन प्रतिनिधीसँग मिलेर न्युयोर्कका डेमोक्रेटिक कँग्रेसम्यान एभेट क्लार्कले ल्याउन लागेको एस्पायर एक्ट बढी प्रगतिशिल रहेको छ । यो विधयेकले गैर कानुनी रुपमा अमेरिका छिरेका टीपीएस प्राप्तकर्ताहरुलाई स्टेटस एड्जस्ट अर्थात् ग्रिनकार्डका लागि आवेदन दिंदा स्वेदश फर्केर पुन अमेरिका आउनुपर्ने झन्झटबाट मुक्त गर्नेछ । टीपीएस प्राप्त गरेको व्यक्तिलाई इन्सपेक्सनबाट अमेरिका छिरेको व्यक्तिसरह मान्यता दिने प्रावधान विधयेकमा छ । केही सर्किट कोर्टहरुले यसअगाडि नै गैरकानुनी रुपमा अमेरिका छिरेका टीपीएस प्राप्त व्यक्तिले अमेरिकामा नै रहेर स्टेटस एड्जस्ट गर्नसक्ने फैसला समेत गरिसकेका छन् ।

एभेट क्लार्कको कार्यालयले यो विधयेकप्रति रिपब्लिकनहरुको पनि आकर्षण हुनसक्ने अपेक्षा गरेको छ । किनभने यो विधयेकलाई टीपीएस प्राप्तकर्ताहरुलाई स्वत ग्रिनकार्डको बाटोमा लैजाने नभई न्यायाधिससमक्ष स्वदेश फर्केमा चरम कठिनायीको सामना गर्नुपर्ने अवस्था पुष्टी गनुपर्ने प्रावधान राखेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com