माघ १२ गते आउने भयो ‘फुर्के’


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

जातीय छुवाछुतको कथामा आधारित निर्देशक भद्र भुजेलको कमेडी चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक भएको छ । फिल्मका प्रस्तुतकर्ता एम.बी राउतले सामाजिक सञ्जालमार्फत फष्टलुक सार्वजनिक गरेका हुन् । फष्टलुकमा फिल्मका तीन कलाकार देखिएका छन् । फष्टलुक अनुसार फिल्ममा कमेडी शैलीको कथा रहेको अुनमान लगाउँन सकिन्छ । फिल्मको पोष्टर कमल श्रेष्ठले तयार पारेका हुन् । फिल्ममा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको अभिनय रहेको छ ।

देबेन्द्र खड्का र मन बहादुर राउत निर्माता रहेको फिल्मको सह–निर्माता कल्पना मरहठ्ठा शाही,आषिस ऐर र प्रकाश बस्नेत रहेका छन् । फिल्मका कार्यकारी निर्माता बखत बिष्ट हुन् । नबिन पन्तको लेखन, बिष्णु बरालको छायाँकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेको फिल्म माघ १२ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको वितरण सुनिल मानन्धरले गर्नेछन् र फिल्मले कमेडी सैलिमा जातीय छुवाछुतको कथा बोल्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com