कानुनी सहायता नपाएर विदेशमा दुख पाउनेलाई निशुल्क सहयोग सुरु


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

कानुनी सहयता नेपालीको खोजी गर्दै एनआरएन लिगल डिफेन्स फाउण्डेशन न्यूयोर्क, कानुनी सहयता नपाएर बिदेशमा दुख पाएका नेपालीको सहयोगका लागि स्थापना भएको एनआरएन लिगल डिफेन्स फाउण्डेशनले आफ्नो कामको शुरु गरेको छ । केहि दिन पहिला काठमाडौंमा एक बिषेश कार्यक्रमका बिच शुरु भएको फाउण्डेशनले कानुनी सहयता नपाएका मध्यपुर्व क्षेत्रका नेपालीहरुलाई सहयोगको आब्हान गरेर आफ्नो कामको शुरु गरेको हो ।

फाउण्डेशनका प्रमुख संरक्षक तथा बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्रीका अनुसार आफुलाई बिषेश गरि कामका लागि मध्यपुर्वका देशमा हरुमा पुगेका नेपालीहरुले बिभिन्न कारणले कानुनी झमेलामा परेर अनावश्यक रुपमा दुख पाएको सुनेकोले त्यहि क्षेत्रबाट फाउण्डेनशनले कामको शुरुवात गरेको हो । फाउण्डेशनका सदस्य पिताम्बर भुषालका अनुसार मध्यपुर्वमा रहेर कानुनी सहयता खोजेका अथवा मध्यपुर्व रहेकाका नेपालमा रहेका परिवारका सदस्यहरुले सहयोगका लागि जानकारी गराएमा आफुहरुले उचित सहयोगका लागि पहल गर्ने जानकारी दिनुभयो ।

न्यूयोर्कमा रहको सदस्य भुषालका अनुसार आफुहरुले मध्यपुर्वमा रहेका वास्तवमा दुख पाएका र कानुनी सहयताका लागि आब्हान गर्दै आफ्नो ईमेल ठेगना [email protected][email protected] मा घटना र मुद्धाको बारेमा जानकारी गराउन आब्हान गरेका छन् । आफ्नो ईमेल ठेगना मा आएको घटनाहरुलाई फाउण्डेशनले अध्यन गरेर सहयोग अगाडि बढाउने छ । जीसी फाउण्डेशनको प्रमुख संरक्षक हुनुहुन्छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

फाउण्डेशनको नेतृत्वमा कानुन व्यवसायीहरु हरि प्रसाद पाण्डे, पिताम्बर भुषाल, समिर जीसी, सुशिलप्रसाद अधिकारी, गोबिन्द प्रसाद उपाध्याय, सकुन भण्डारी लगायत हुनुहुन्छ भने इन्दिरा राणा फाउण्डेशनको संरक्षक हुनुहुन्छ । एनआरएनका वर्तमान अध्यक्ष भवन भट्ट लगायत पूर्व अध्यक्षहरु तथा एनआरएन नेताहरु फाउण्डेशनको ट्रस्टी हुनुहुन्छ । कम आय भएका गैरआवासिय नेपालीहरु तथा निजहरुका परिवारलाई स्वदेश तथा विदेशमा आई पर्ने समस्याहरुको अध्ययन अनुसन्धान गरी आबश्यक कानूनी सेवा तथा परामर्श प्रदान गर्ने तथा उनीहरुका विरुद्ध स्वदेश तथा विदेशमा परेका वा पर्ने मुद्दा मामिलाहरुमा समेत कानूव ब्यवसायीको प्रतिनिधित्व गराई निशुल्क रुपमा मस्यौदा, बहस पैरवी तथा अन्य आबश्यक कानूनी सेवा सुविधा उपलब्ध गराउने फाउण्डेशनको मुख्य उद्देश्य रहेको छ ।

त्यस्तै गैरआवासिय नेपालीहरुको हक हित संरक्षण गर्ने विषयमा आवश्यक अध्ययन, अनुसन्धान, क्षमता अभिवृद्धि, जनचेतना, निति नियम तर्जुमा, योजना निर्माण, लगायतका प्रकृयामा सघाउने, सहभागिता जनाउने र नेपाल भित्रका गरिव तथा असहाय वर्गको विरुद्धमा परेका मुद्दा मामिलामा कानून व्यवसायीको पहुँच पु¥याई निजहरुलाई निशुल्क कानूनी सेवा सुविधा उपलब्ध गराउने फाउण्डेशनको उद्देश्य छ । विभिन्न मुद्दामा अभियोग प्रमाणित भई जेल सजाय भोगिरहेका बाबु वा आमाको कारण अनाहकमा जेल जिवन व्यतित गर्न बाध्य भएका बालबालिकाहरुलाई जेलबाट बाहिर समाजिक रुपमा बसोवास तथा शिक्षाको व्यवस्था मिलाउने संस्थाको अर्को उद्देश्य हो ।

लैंगिक समानता तथा कानूनी हक अधिकारका बारेमा जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक न्यायका लागि पिछडिएका वर्गको अधिकारको सवालमा वकालत गर्दै महिला तथा बालबालिका माथि हुने बेचविखन र ओसार पसार, बलात्कार, घरेलु हिंसा जस्ता सामाजिक अपराधजन्य कार्यलाई निरुत्साहित गर्न सामाजिक हिंसाबाट पीडित तथा असाहाय गरिव महिला, बालबालिका तथा बृद्ध र समाजमा पिछडिएका अन्य वर्ग समेतको उद्धार तथा हक अधिकारको बारेमा सामाजिक सचेतिकरणका निमित्त वकालत गर्ने संस्थाको उद्देश्य छ ।

विविध किसिमका घरेलु हिंसामा परेका पिडितहरु तथा असहाय, गरिब, महिला तथा बालबालिकाको उद्धार तथा हक अधिकारको खोजी गर्दै सामाजिक सचेतीकरणका लागि र आधारभूत आवश्यकता पूर्तिको लागि वकालत गर्ने गराउने र देशका जननिर्वा्चित सांसद तथा स्थानीय निकायका निर्वा्चित जनप्रतिनिधीहरुको पदीय दायित्व बोध तथा कानूनी ज्ञान दिलाउने उद्देश्यका साथ बरिष्ठ कानूनविद्हरु मार्फत तालिमको व्यवस्था गर्ने समेत संस्थाको उद्देश्य छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com