नेपालका लागि शान्ति दूत ः कृष्णबहादुर महरा


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

काठमाडौ कात्तिक २७ विना विभागीय मन्त्री तथा वामगठवन्धनको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं.
२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णबहादुर महराले आफू नेपालको शान्ति दूत भएको बताएका छन् ।

दाङको बालकल्याण आधारभूत विद्यालय खैरामा सञ्चालित ज्ञान महायज्ञमा पुगेका विना विभागीय मन्त्रीसमेत रहेका महराले नेपालको शान्ति प्रक्रियाको अगुवाइ आफूले गरेको हुँदा आफू नै नेपालको सच्चा शान्ति दूत भएको दाबी गरेका हुन्।
वि.सं.२०५८ देखि शुरु भएको् नेपाल शान्ति प्रक्रियाहुँदै २०६३ सालमा भएको शान्ति सम्झौतासम्म माओवादी केन्द्रको तर्फबाट नेतृत्व गर्ने अवसर पाएका– पूर्व उपप्रधानमन्त्री समेत रहेका महराले ‘त्यसयता पनि निरन्तर सरकारमा सहभागितालगायतका माध्यमबाट नेपालको विकास र शान्ति प्रक्रियामा आफूले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।’

फरक प्रसंगामा महराले आफूले सबै धर्मको उत्तिकै सम्मान गर्ने व्यक्ति भएको बताए ।‘म कम्युनिष्ट हुँ र म भौतिकवादलाई विश्वास गर्छु’– उनले अगाडि भने – ‘तर म मन्दिर, मस्जिद, चर्च जहाँ पनि पुगेर सम्बन्धित धर्मप्रति आस्था गर्नेहरुलाई सम्मान गर्छु । किनकि म सबै धर्मलाई उत्तिकै सम्मान गर्छु ।’

यसैबीच उनले विद्यालयमा जारी महायज्ञमा एक लाख दान गरेका थिए । उनले अब आफू विकास निर्माणमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com