बुढीगण्डकी निर्माणको जिम्मा चीनलाई दिने सम्झौता खारेज गर्ने सरकारको निर्णय


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

२७ कात्तिक, काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मान चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको ऊर्जामन्त्री कमल थापाले जानकारी दिएका छन् ।

अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै मन्त्री थापाले संसदीय समितिको निर्देशन बमोजिम खारेज गरिएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनियमित र हचुवाढंगले गेजुवा ग्रुप संग गरिएको बुढि गण्डकी जलविद्युत आयोजनाको समझौता संसदिय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्व रहेको सरकारका पालामा यो सम्झौता हुँदा कांग्रेस सरकारको प्रमुख घटक थियो । कांग्रेसको समेत संलग्नतामा रहेको क्याबिनेटले बूढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो । यो आयोजनालाई चीनले नेपालकै आग्रहमा ‘वन बेल्ट वन रोड’ अवधारणा (ओबीओआर)मा समेत राखिसकेको छ ।

तर, चिनियाँ कम्पनीले स्थलगत अध्ययनसमेत थालिसकेका बेलामा सरकारले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै उक्त सम्झौता खारेज गरिदिएको छ । सरकारले संसदीय समितिको निर्देशन बमोजिम सम्झौता खारेज गरिएको जनाएको छ ।

बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णयको नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि विरोध गर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com