चार वर्षभित्र गुड्ला त काठमाडौंमा रेल ?


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

२६ कात्तिक, काठमाडौं । लगानी बोर्डले हालै तयार पारेको प्रतिवेदन भन्छ, तत्काल निर्माण थाल्ने हो भने चार वर्षभित्र काठमाडौमा रेल गुड्न सम्भव छ । निर्माण शुरु हुने लक्षण नदेखिँदा बोर्डको प्रतिवेदन कार्यान्वयनको चरणमा प्रवेश गर्ने कुरामा सन्देह कायम छ ।

काठमाडौंमा मेट्रो रेलको सम्भाव्यताबारे अध्ययन गर्न बोर्डले एक उच्चस्तरीय कमिटी गठन गरेको थियो । त्यसमा योजना आयोगका भौतिक पूर्वाधार प्रमुख हिरेन्द्रमान प्रधान, लगानी बोर्डका सहसचिव मधुसुदन भेटवाल, अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल, यातायात मन्त्रालयका सहसचिव अनन्त आचार्य र रेल विभागका महानिर्देशक विष्णुओम बादे सदस्य थिए ।

सोही कमिटीले चार वर्षभित्र रेल गुडाउन सम्भव रहेको प्रतिवेदन दिएको हो ।

कमिटीको प्रतिवेदनअनुसार काठमाडौंमा ७९ किमि रेलमार्ग सम्भव देखिएको छ, जसको लागत तीन खर्ब १६ अर्ब अनुमानित छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुसार काठमाडौंमा दुई वटा रुटमा रेलमार्ग सम्भव देखिएको छ । पहिलो रुटले नागढुंगादेखि कोटेश्वर हुँदै धुलिखेल जोड्छ । दोस्रोले बूढानीलकण्ठबाट सातदोबाटो हुँदै काठमाडौं-तराई द्रुत मार्ग जोड्छ ।

त्यसमध्ये नागढुंगा-धुलिखेल रुटको निर्माण तत्काल थाल्न कमिटीले सुझाव दिएको छ । दुवै रुटको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) निर्माण बाँकी छ । डीपीआरको जिम्मा रेल विभागलाई दिनुपर्ने बोर्डको सुझाव छ ।

बुढानीलकण्ठ-द्रुतमार्ग मार्गको डीपीआरको जिम्मा भने बोर्डले नै लिने भएको छ । बोर्डको बैठक बस्न नसकेका कारण कमिटीको प्रतिवेदन पारित भएको छैन । पारित भएपछि मात्र प्रतिवेदनले आधिकारिकता पाउनेछ ।

२५ पुस ०७३ को बोर्ड बैठकले सम्भाव्यतासँगै मेट्रोको मोडेल र अनुदानबारे अध्ययनका लागि उक्त कमिटीले गठन गरेको थियो ।

दोस्रो रुटमा सार्वजनिक-निजी साझेदारीअन्तर्गत् बुट मोडेलमा निर्माण गर्ने भनिएको छ ।

सरकारले दिने अनुदानका विषयमा भने सबैभन्दा कम बजेटमा काम गर्ने कम्पनीलाई निर्माणको जिम्मा दिन सकिने निष्कर्ष बोर्डको छ ।

बोर्डका अनुसार काठमाडौंमा दैनिक ४० लाख यात्रु ओहोरदोहोर गर्छन् । ३० लाखभन्दा बढी यात्रुको चाप रहेका शहरमा रेलबाहेकका सार्वजनिक सवारीले धान्न नसक्ने यातायात इन्जिनियरिङको मान्यता छ ।

काठमाडौंमा मेट्रो रेलबारे पटक-पटक अध्ययन भइसकेका छन् । तर, ती कुनै कार्यान्वयन चरणमा प्रवेश गरेका छैनन् ।

‘विदेशी दातृ निकायहरु सहयोग गर्न तयार छन् तर ठोस योजना बनाएर उनीहरुसँग छलफल गर्न सकिरहेका छैनौं’

यसअघि जापान सहयोग नियोग (जाइका), रेल विभाग र कोरियन इन्जिनियरिङ कम्पनीले अध्ययन गरेका थिए । ती सबै प्रतिवेदनलाई आधार बनाएर उक्त कमिटीले आफ्नो रिपोर्ट तयार पारेको हो ।

यसबीचमा भूमिगत रेलमार्गको पनि चर्चा नभएको होइन । तर, बोर्डले भूमिगत पार्किङ नभई एलिभेटेड अर्थात् सडकमाथि पुल राखेर निर्माण गर्न उपयुक्त रहेको निष्कर्ष निकालेको छ ।

वाग्लेले भने, ‘यहाँको भौगर्भिक स्थिति नियाल्दा त्यस्तो निष्कर्षमा पुगेका हौं ।’

लगानी बोर्डका अनुसार पहिलो रुट २५ र दोस्रो ५४ किमि लम्बाइका हुनेछन् । दुवै मार्गका लागि ३५ मेगावाट विद्युत आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । पहिलोबाट दैनिक एक लाख ५८ हजार र दोस्रोबाट दुई लाख यात्रुलाई सुविधा दिन सकिने कमिटीको अनुमान छ ।

चुनाव जित्ने अस्त्र, जितेपछि काम शून्य

काठमाडौं महानगरका मेयर विद्यासुसन्दर शाक्यले स्थानीय तहको निर्वाचनमा क्रममा मेट्रो रेल आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका थिए । मोनो रेल गुडाउने उनको योजना गतिलो चुनावी अस्त्र पनि बनेको थियो ।

निर्वाचनका बेला उनको योजना थियो, तीन वर्षभित्र चक्रपथभित्र मोनो रेल गुडाउने । रेल सञ्चालनका लागि आफूले जित्नेबित्तिकै डीपीआर तयार पार्ने उनले बताएका थिए ।

तर, हालसम्म उनी नेतृत्वको महानगरले यसमा सिन्को भाँचेको छैन ।

महानगरकी उपमेयर हरिप्रभा खड्गीका अनुसार अहिले यसबारे कुनै प्रक्रिया अगाडि बढेको छैन । खड्गीले भनिन्, ‘यसबारे छलफलसमेत चलाउन सकेका छैनौं ।’

निर्वाचित भएको केही समयपछि खड्गी चीन भ्रमणमा गएकी थिइन् । त्यस क्रममा विभिन्न महानगरका मेयरहरुले नेपालको रेलमा सहयोग गर्न चाहेको बताएका थिए । ‘विदेशी दातृ निकायहरुले हामीलाई सहयोग गर्न चाहेको पाएकी छु,’ खड्गीले भनिन्, ‘तर, हामीले ठोस योजना बनाएर उनीहरुसँग छलफल गर्न सकिरहेका छैनौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com