विक्रम पाण्डेप्रति प्रचण्डको आक्रोशः ठेकेदारसँग प्रतिस्पर्धा हुँदैन


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

२६, कात्तिक, चितवन । माओवादी केन्द्रका अध्यक्ष एवंम चितवन-३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्डले आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरेका छन् ।

पश्चिम चितवनको मंगलपुरमा भएको सभालाई सम्बोधन गर्दै प्रचण्डले विक्रम पाण्डे आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरेका हुन् ।

‘जनाधार नै नभएको पार्टीको उम्मेदवार कसरी प्रतिस्पर्धी हुन्छ ?’ प्रचण्डले भने,’जसको राजनीतिक चरित्र पनि छैन, २/४ पैसा नाफा कमाएर खाने ठेकेदारलाई मैले कसरी प्रतिद्वन्द्वी मानौं ?’

कांग्रेसको सर्मथनमा उम्मेदवार भएका राप्रपा -प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेप्रति आक्रमक रुपमा प्रस्तुत भएका प्रचण्डले कांग्रेस नेता उम्मेदवार भए मात्रै आफ्नो प्रतिस्पर्धी मान्न सकिने बताए ।

प्रचण्डले कांग्रेसलाई गठबन्धनबाट नआत्तालिन आग्रह गर्दै विचार मिल्नेसँग एकता गर्न सुझाव समेत दिएका छन् ।

रुख ढालेर हलो नबनाउने र हलो पनि भाँचिने अवस्थाबाट सचेत बन्न कांग्रेस कार्यकर्तालाई प्रचण्डले सचेत गराएका थिए ।

भोलिका दिनमा पनि लोकतन्त्रमा आउने समस्या हल गर्न कांग्रेससँग मिल्नुपर्ने अवस्था हुने भन्दै प्रचण्डले भने, ‘त्यसैले कांग्रेसले धेरै टाढा भाग्न खोज्नु वा सोच्नु आवश्यक छैन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com