देशको विकास र समृद्दि नै बाम एकताको उद्देश्य : के.पि ओली


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

झापा, २५ कार्तिक ।
एमाले अध्यक्ष के.पि शर्मा ओलीले नेकपा एमाले र माओबादी केन्द्र बिचको एकताको एउटै उद्देश्य देशको बिकास गर्नुभएको बताउनुभएको छ । पाटीले झापा जिल्लाको क्षेत्र १ का अगुवा कार्यकर्ताहरुका लागि आयोजना गरेका प्रशिक्ष्ँण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष्ँ ओलीले नेकपा एमाले र माओवादीको एकताले देशको प्रगति र आर्थिक विकास हुने बताउनुभयो ।
अध्यक्ष ओलीले एमालेले लिएको राष्ट्रबादी अडानकै आधारमा राष्ट्रिय सहमति बनिरहेको बताउंदै एमाले सहितको बाम गठबन्धनलाई अवको निर्वाचनमा कसैले हराउन नसक्ने बताउनुभयो ।
उहांले नेपालको राष्ट्रिय एकता र सार्वभौमसत्ता संरक्ष्ँण तथा देशमा शान्ति र स्थायित्वको आवश्यकता रहेको बताउंदै बाम ध्रुबिकारणले मात्र मुलुकको आवश्यकतालाई पुरा गर्ने दाबी गर्नुभयो ।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार समेत रहनुभएका ओली शुक्रबारदेखि झापाको निर्वाचन प्रचार अभियान सहभागि भै रहनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com