सुर्खेतमा भेटियो बम बनाउने समाग्री


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

नेपालगन्ज, २५ कार्तिक ।
सुर्खेतमा प्रहरीले ठूलो परिमाणमा बम बनाउन प्रयोग हुने विष्फोटक पदार्थ बरामद गरेको छ ।
प्रतिनिधी र प्रदेश सभाको निर्वाचन नजिकिदै जांदा सुर्खेत प्रहरीले  जिल्लामा अहिलेसम्मकै ठुलो परिमाणमा विष्फोटक पदार्थ डेटोनेटर सहित बम बनाउन प्रयोग हुने सामग्री बरामद गरेको हो । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ११ ढुङ्गेबजारबाट शुक्रबार राती बम बनाउन प्रयोग हुने सामग्री नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले विशेष सुराकीको आधारमा ध १ ज १०६ नम्वरको जीपमा खानतलासी गर्दा विष्फोटक पदार्थ बनाउने साम्रगीहरु फेला परेको जानकारी दिनुभयो । आसन्न चुनावको मुखमा यस्तो पदार्थ फेला पार्नु सुरक्षा थ्रेडको रुपमा आफुहरुले हेरेको उपरिक्षक आचार्यले बताउनु भयो ।
प्रहरीले ५ सय ५५ थान जिलेटिन, २२ मिटर फ्युज वायर लगायतका सामग्री बरामद भएको नियन्त्रणमा लिएको छ । विष्फोटक पदार्थ भारत र कैलाली हुदै पश्चिम सुर्खेतवाट भित्रिने क्रममा बरामद भएको र सामग्री ल्याउने ब्यक्तिको ब्यापक खोजी भइरहेको समेत प्रहरी प्रमुख आचार्यको जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com