तरकारी बेचेर करोडपति बन्न सफल


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

कात्तिक २६, कास्की । पोखराको चिप्लेढुंगामा तरकारी बेच्न सुरु गरेका कानुनका विद्यार्थी रामकृष्ण दवाडीले तरकारी व्यापार गर्दा मान्छेले खिसी गर्थे, धेरैले उनलाई कानुन पढ्न गएको, गोलभेंडा बेच्न जान्ने भएर आएछ भनेर जिस्क्याउथे । कसैले त उनलाई पागल पनि भने ।

मिहिनेत गरे सफल भइन्छ भन्ने आत्मविश्वासका साथ अगाडि बढेका दवाडीलाई यही व्यवसायले अहिले करोडपति बनाएको छ । उनी अहिले सफल व्यापारीका रुपमा चिनिन्छन् ।

वि.सं.०५२ मा सटर भाडामा लिएर तरकारी बिक्री थाल्दा उनीसँग आत्मविश्वास मात्र थियो । त्यही आत्मविश्वासले आज सफल बनाएको छ, दवाडीलाई ।
शान्ति वन वाटिकास्थित कृषि उपज बजारमा ‘ताजा तरकारी’ नामक थोक तथा खुद्रा पसल छ, अहिले उनको । र, दैनिक लाखौंको कारोबार हुन्छ ।

काठमाडौंको ल क्याम्पसबाट आईएल उत्तीर्ण गरेका धादिङमा जन्मेका दवाडीले बीएल पढ्दापढ्दै सात वर्ष एनजीओको जागिर खाए । सोही क्रममा ५२ वटा जिल्ला घुमे ।

त्यही घुमघामले उनलाई तरकारी व्यवसायमा भविष्य देखाएको थियो । तर, हुँदाखाँदाको जागिर छाडेर उनले व्यवसाय शुरु गरे । जागिर छोड्दा उनलाई सञ्चयकोष, तलबभत्ता गरी एक लाख रुपैयाँ आयो । त्यही पैसाले तरकारी पसल खोले ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘छँदाछँदाको जागिर छोड्नु ठीक होइन तर आफ्नो इच्छाशक्तिलाई मार्नु हुँदैन,’ उनी भन्छन् । उनले ठेलामा तरकारी बेच्नेदेखि बोक्नेसम्मको काम गरे ।

त्यतिबेला व्यवसायमा चुनौती थियो । ‘तरकारी बेच्ने काम मधेशी मूलका मानिसले गर्ने हो भन्थे । पहाडी मूलका तरकारी व्यवसायी थिएनन्,’ उनी भन्छन्, ‘पहिले मलाई कानुन पढेको गोलभेंडा व्यापारी भनेर जिस्क्याउँथे । अहिले मसँगै सल्लाह र सहयोग माग्न आउँछन् ।’

अहिले उनले पोखरा १० मा घर बनाएका छन् । परिवार खुशी छ । छोराछोरीलाई राम्रो कलेज र बिद्यालयमा पढाएका छन् । सकारात्मक सोचले नै हो, उनलाई पछाडि फर्केर हेर्नु परेको छैन ।
उनी सामाजिक काममा पनि क्रियाशील छन् । पोखरा थोक व्यवसायी संघ, कृषिउपज बजार सञ्चालक समितिको अध्यक्ष भएर काम गरिसकेका छन् । व्यावसायिक कृषिमा प्रोत्साहन गर्न बागलुङ र पर्वतका केही युवालाई दवाडीले सहयोग पनि गरेका छन् ।

ती युवाले अहिले करिब ७० रोपनीमा व्यावसायिक तरकारी लगाएका छन् । त्यसका लागि मल, बीऊ र बजारीकरणको व्यवस्था पनि दवाडीले नै मिलाइदिन्छन् । उनले लाहाचोकमा तरकारी संकलन केन्द्र निर्माणका लागि पनि सहयोग गरेका छन् ।

उनलाई तरकारी फलाउने र बिक्री गर्नेबीच समन्वय हुनुपर्ने भन्ने लाग्छ । विभिन्न समितिमा रहेर काम गर्दा त्यही मुद्दा उठाएका थिए । उनले किसान, व्यवसायी र उपभोक्ताबीचको दूरी घटाउनुपर्ने बताउँछन् ।

किसानको मेहनत खेर जान नदिने र मौका पाउँदा व्यापारीले पनि ढाड सेक्ने काम गर्न नहुने उनको भनाइ छ । सानो लगानीबाट पनि काम थालेर ठूलो र प्रतिष्ठित बनाउन सकिन्छ भन्ने आत्मविश्वास राख्न उनी युवालाई आग्रह गर्छन् र त्यस क्षेत्रमा उदारहणीय
पात्र बन्न सफल दवाडीलाई यस व्यवसायले आत्मसन्तुष्टि मिलेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com