इराक: हविजा शहर नजिकै ‘आमचिहान’


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

निरिक्षण
सयौं शव पुरिएको ठाउँ निरीक्षण गर्दै इराकी फौज

गत महिनासम्म इस्लामिक स्टेट लडाकुको नियन्त्रणमा रहेको इराकी शहर हविजा नजिकै ४०० वटा शव रहेको आमचिहान फेला परेको अधिकारीहरुले बताएका छन्।

किर्कुक प्रान्तका गभर्नर रकान सइदले भने- शहरको ठीक बाहिर हवाई आधार क्षेत्रमा ती शवहरु फेला परेका हुन्।

केही शव साधारण पोशाकमा देखिएका थिए भने केही आइएसले मृत्युदण्ड दिने मानिस छुट्याउन लगाउन दिने गरेको विशेष पोशाकमा देखिएका थिए।

सइदले भने, “उक्त हवाई आधार क्षेत्र मानिस मार्ने ठाउँ बनेको रहेछ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिचान

जर्नेल मोर्तदा अल-लुवाइबीले भने-स्थानीयवासीले त्यसबारे जानकारी दिएपछि इराकी सेनाले उक्त चिहान फेला पारेको हो।

इराकी फौजले आइएस नियन्त्रणमा रहेका कैयौँ क्षेत्रमा दर्जनौं आमचिहानहरु फेला पारिसकेको छ।

गत वर्ष असोसियटेड प्रेसले आमचिहानको सर्वे गरेर ७२ वटा ठाउँ पहिचान गरेको थियो।

तिनमा ५,२०० देखि १५,००० सम्म शव हुनसक्ने उक्त समाचार एजेन्सीले भनेको थियो।

त्यसयता सेनाले आइएसबाट थप क्षेत्रहरु फिर्ता लिएको छ।

हविजा राजधानी बगदादको उत्तरमा २४० किलोमिटर टाढा रहेको छ।

सन २०१३ देखि आइएसको नियन्त्रणमा रहेको उक्त क्षेत्र सुरक्षा फौजले गत महिना पुन: आफ्नो नियन्त्रणमा फिर्ता ल्याएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com