सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन आग्रह


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

चुनावी प्रचारका क्रममा उम्मेदवार लक्षित आक्रमणका घटना भएपछि निर्वाचन आयोगले सुरक्षा व्यवस्था थप सुदृढ बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ।

प्रमुख निर्वाचन आयुक्तले पछिल्लो समय पहाडी जिल्लामा भएका घटना चिन्ताजनक भएको भन्दै सुरक्षा रणनीतिमा आवश्यक परिमार्जनबारे छलफल गर्न आइतवार उच्चस्तरीय सुरक्षा बैठक बोलाइएको बताएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन हुन दुई हप्ता बाँकी छँदा उम्मेदवार लक्षित आक्रमणपछि आयोगले ‘सुरक्षाको पूर्ण प्रत्याभूति भइनसकेको’ ठहर गरेको छ।

गत शुक्रवार रुकुममा माओवादी केन्द्रका उम्मेदवार एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा र शनिवार माओवादी केन्द्रकै अर्का नेता वर्षमान पुनको प्रचार टोलीलाई लक्षित गरी आक्रमण भएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवश्यकता

ती घटनापछि सुरक्षा व्यवस्था थप कडा तुल्याउनुपर्ने आवश्यकता रहेको निष्कर्षमा आयोग पुगेको हो।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, “उम्मेदवारलाई सुरक्षाको पूर्ण प्रत्याभूति गराउन म नेपाल सरकारलाई आग्रह गर्दछु। त्यस्ता घटनाहरु देशको कुनै पनि भागमा नदोहोरियोस्।”

गृह मन्त्रालयले सुरक्षा संवेदनशीलताका आधारमा जिल्लागत रुपमा विशेष सुरक्षा रणनीति तयार गरिएको बताएको छ।

आयोग

पछिल्लो अवस्थालाई ध्यान दिएर उम्मेदवारबाट माग भए अनुसार थप सुरक्षा प्रबन्ध मिलाइने मन्त्रालयले जनाएको छ।

निर्देशन

पछिल्ला घटनामा संलग्नविरुद्ध अनुसन्धान भइरहेको र छिट्टै कानूनी दायरामा ल्याइने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए।

उनले भने, “उम्मेदवारहरु जिल्ला सुरक्षा समितिको सम्पर्कमा हुनुहुन्छ। उम्मेदवारहरुले सुरक्षित महसुस गर्नुपर्छ, कुनै खतराको सूचना आएमा त्यसको मूल्याङ्कन गर्न र भरपर्दो सुरक्षाको व्यवस्था गर्न भनेर हामीले जिल्ला सुरक्षा समिति एवं प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छौँ।”

अहिले उम्मेदवार, प्रचार अभियान र निर्वाचन सामाग्रीको सुरक्षामा केन्द्रित रहेको बताउने सुरक्षा निकाय प्रचारप्रसारपछि मतदान केन्द्रको सुरक्षामा केन्द्रित हुने बताइएको छ।

चुनावी सुरक्षाका निम्ति नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी तथा म्यादी प्रहरी गरी झण्डै ३ लाख सुरक्षाकर्मी खटाइएको सरकारले बताएको छ।

तर पछिल्ला आक्रमणका घटनालाई लिएर सुरक्षा प्रबन्धप्रति सरकारमै रहेको माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com