आयोगको मापदण्डअनुसार उम्मेदवारको खर्च १० अर्ब लाग्ने


प्रकाशित मिति : कार्तिक २५, २०७४ शनिबार

काठमाडौं, कात्तिक २५ । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा निर्वाचन आयोगले तोकिदिएको सीमाभित्रै रहेर उम्मेदवारले खर्च गरे भने पनि १० अर्ब रुपैयाँ उम्मेदवारबाटमात्रै खर्च हुने भएको छ ।

निर्वाचन आयोगले तोकेको मापदन्डअनुसार प्रतिनिधिसभा सदस्य उम्मेदवारले जनही २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ । १६५ प्रतिनिधिसभा सदस्य पदका लागि २ हजार ४४ जनाको उम्मेदवारी परेको छ ।

वैधानिक सीमाबमोजिम जनही २५ लाखको दरले खर्च गर्ने हो भने प्रतिनिधिसभा सदस्य उम्मेदवारबाटमात्र ५ अर्ब ११ करोड रुपैयाँ खर्च हुनसक्ने देखिन्छ ।
यस्तै, प्रदेशतर्फका ३३० पदका लागि ३ हजार २४९ जनाको उम्मेदवारी परेको छ । प्रदेशतर्फका उम्मेदवारले जनही १५ लाख खर्च गर्न पाउने व्यवस्था छ ।

यस हिसाबले प्रदेशसभातर्फका उम्मेदवारले ४ अर्ब ८७ करोड ३५ लाखसम्म खर्च गर्न सकिने मापदन्डबाट देखिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुवै सभातर्फका कुल ५ हजार २९३ जना उम्मेदवारबाट ९ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ खर्च हुने देखिएको छ ।

त्यसो त प्रत्येक उम्मेदवारले यो सीमाअनुसार खर्च गर्ने क्षमता वा चाहना राख्ने अवस्था छैन । कतिपय उम्मेदवार केवल उम्मेदवार बन्नका लागिमात्र उम्मेदवार बनेका पनि छन् । यद्यपि, जो उम्मेदवार प्रतिस्पर्धामा छन्, उनीहरु भने तोकिएको खर्च सीमाले नधान्ने बताउँछन् ।

यो खर्च जुट्छ कहाँबाट रु
चुनावमा उम्मेदवार तोक्ने केही दलले चुनाव खर्च पनि दिने गरेका छन् भने केहीले केवल टिकटमात्र । त्यसो त जसले खर्च दिन्छन्, त्यो पनि अत्यन्तै नगन्य छ ।

नेपाली कांग्रेसका निर्वाचन परिचालन संयोजक बालकृष्ण खाँणकाअनुसार कांग्रेसले प्रदेशसभातर्फका उम्मेदवारलाई जनही १ लाख र प्रतिनिधिसभातर्फका उम्मेदवारलाई जनही २ लाख रुपैयाँ दिने योजना बनाएको छ ।

एमालेले २०६४ सालको संविधानसभा निर्वाचनमा जनही १ लाख र २०७० सालको संविधानसभा निर्वाचनमा जनही २ लाख आफ्ना उम्मेदवारलाई आर्थिक सहयोग गरेको थियो ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीकाअनुसार एमालेले यसपटक पनि सोहीअनुसार सहयोग गर्नेछ ।

तर, निर्वाचनका बेला गुड्ने सवारी–साधन, भोजभतेर, तुल–ब्यानर, सभा–जुलुस र अरु खर्चको दृश्य आफैं बोल्छ, उम्मेदवार यो सीमाभित्र बस्ने अवस्था छैन ।

भन्नलाई जे भनिए पनि निर्वाचनको खर्च र त्यसको स्रोत अपारदर्शी रहेकोमा कुनै सन्देह छैन । यसले मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाउनुका साथै निष्ठाको राजनीति र निर्वाचनमा इमान्दार व्यक्तिको सहभागितालाई कमजोर बनाउँदै लगेकाले निर्वाचन प्रणाली र सन्चालन विधिमाथि नै गम्भीर पुनरावलोकनको खाँचो देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com