नेपाली अमेरिकन कलाकार युगेशको अन्तर्राष्ट्रिय सांगितिक यात्रा, दुबईपछि जापान


प्रकाशित मिति : कार्तिक २५, २०७४ शनिबार

अन्तर्राष्ट्रिय सांगितिक यात्राका क्रममा अमेरिका निवासी नेपाली मुलका युवा कलाकार युगेश लिम्बुको सांगितिक शो दुबईमा सम्पन्न भएको छ । हालै नेपालका विभिन्न स्थानमा सांगितिक प्रस्तुतीहरु दिएका युगेशले दुबईमा सांगितिक प्रस्तुती दिएका हुन् । दुबईमा युगेशले अर्का युवा कलाकार दिवश गुरुङसँगै प्रस्तुती दिएका हुन् ।

आगामी डिसेम्बर १० मा जापानको टोकियोमा युगेशले प्रस्तुती दिने भएका छन् । शेर्पा एसोसिएसन जापान र शेर्पा इन्टरटेन्मेन्ट टोकियोको सहयोगमा एल सोनाम शेर्पाले कार्यक्रम गर्न लागेका हुन् । युगेशको साथमा स्थानीय ब्याण्ड र कलाकारका प्रस्तुतीहरु पनि रहनेछन् । अमेरिकाको न्युयोर्क निवासी युगेश युवापुस्तामाझ चर्चित छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com