संविधान दिवस असोज ३ मा एमाले के गर्छ ?


प्रकाशित मिति : आश्विन १, २०७३ शनिबार

नेकपा एमालेले निर्धारित समयमा निर्वाचन गरी मुलुकको लोकतन्त्र र संविधानलाई कार्यान्वयन गर्नमा आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन सबैमा अपिल गरेको छ । पहिलो संविधान दिवसको उपलक्ष्यमा एमालेले आयोजना गर्ने कार्यक्रमकाबारे जानकारी गराउन शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाली जनताको बलिदानको जगमा निर्माण भएको नेपालको संविधानको रक्षा र कार्यान्वयनका लागि पार्टी दृढ रहेको जानकारी दिइयो ।

सो अवसरमा वितरित प्रेस वक्तव्यमा भनिएको छ–‘संविधान बनाउनै नदिने, बनाएपनि जारी गर्न नदिने र जारी गरेपनि कार्यान्वयन गर्न नदिनेसम्मका प्रत्येक चलखेलकाविरुद्ध हाम्रो पार्टी दृढतापूर्वक उभिएका कारण मुलुकले आज लोकतान्त्रिक संविधान पाएको छ ।’

संविधान जारी गर्न निर्वाह गरेको भूमिकाप्रति गौरवबोध

‘नेपालको संविधानले लोकतन्त्रका सर्वस्वीकार्य मान्यता, सामाजिक न्याय, राज्यमा सबै नागरिकको समान पहुँच, राज्यको अग्रगामी रुपान्तरण र अग्रगतिका आधारभूत सिद्धान्तलाई आत्मसात् गरेको’ जनाउँदै उक्त पार्टीले ‘संविधान जारी गर्न निर्वाह गरेको नेतृत्वदायी भूमिकाप्रति पार्टीले गौरवबोध गरेको’ वक्तव्यमा उल्लेख गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो संविधान आफैं बनाउने नेपाली जनताको आधाशताब्दी लामो आकांक्षा र संघर्षको परिणामस्वरुप जननिर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको असोज ३ गते एक वर्ष पूरा हुँदैछ ।

प्रत्यक्ष–परोक्ष बाधा, चलखेल र षड्यन्त्रका बाबजुद ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिको सहभागिताबाट संविधान निर्माण भइ जारी भएपछि सुरु भएका कार्यान्वयन हुन नदिने प्रयासहरु अहिले पनि नरोकिएको जनाउँदै एमालेले भनेको छ–‘संविधान कार्यान्वयन भएर त्यसमा के–कस्ता जटिलता देखापर्दछ, त्यसका आधारमा आवश्यक संशोधन गरेर समृद्ध बनाउँदै जानु स्वभाविक हुन्छ ।’

संविधानको कार्यान्वयन नै सुरु नहुँदै त्यसमा संशोधन गर्नुपर्ने माग संविधान कार्यान्वयन हुन नदिने योजनाबाहेक केही हुन नसक्ने बताउँदै वक्तव्यमा भनिएको छ–‘संविधानसभाको संरचना, हामीले अवलम्बन गरेको समावेशीकरणको अभ्यास र आजको युगको आवश्यकताजस्ता कुराले कुनै पनि समुदाय, जाति, भाषा, क्षेत्र वा सम्प्रदायलाई अस्वीकार र उपेक्षा गरेर संविधान बन्ने कल्पना पनि गर्न असम्भव छ ।’

बन्न दिन्नौं भन्नेले नै असफल पार्न संशोधनका कुरा उठाए

‘संविधान नबन्दैदेखि कुनैपनि हालतमा बन्न दिन्नौं भनेर लागेकाहरु नै संविधान बनेपछि त्यसलाई असफल पार्न संशोधनको कुरा उठाउन उद्यत् रहेको’ बताउँदै एमालेले ‘नेपाली जनताले २०६२/६३ को जनआन्दोलनमार्फत् हासिल गरेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीकरणजस्ता उपलब्धिलाई संस्थागत गर्ने एकमात्र माध्यम संविधान बनेको’ उल्लेख गरेको छ ।

संविधान कार्यान्वयन आजको प्रमुख कार्यभार बनेको बताउँदै एमालेले ‘तिनै तहका निर्वाचन गरेपछिमात्रै यो संविधानले परिकल्पना गरेको आर्थिक समृद्धि, सामाजिक न्याय, न्यायोचित विकास र समग्र उन्नतिको ढोका खुल्ने’ विश्वास गरेको छ ।‘स्थानीय तहको पुनःसंरचनामा आलटाल गराउने र निर्वाचनलाई पर धकेल्ने काम योजनाबद्धरुपमा भइरहेको’ बताउँदै उक्त पार्टीले वर्तमान सरकार निर्वाचन नगर्ने दिशामा अघि बढेको आरोप लगाएको छ ।

वक्तव्यमा भनिएको छ–‘जनताका प्रतिनिधिकारुपमा यो संविधान हामीले बनाएका हौं र यसको स्वामित्व हामी लिन्छौं । त्यही भएरै यसको रक्षा र कार्यान्वयनमा हामी दृढतापूर्वक उभिन्छौं ।’ सो अवसरमा पार्टीका महासचिव ईश्वर पोखरलेले संविधान दिवसलाई राष्ट्रिय पर्वकारुपमा मनाउँदा आफ्नो पार्टीले अरु कसैसँग विमति राख्न नचाहेको बताए ।

स्वागत् र समर्थन प्राप्त गर्न प्रधानमन्त्री दाहाल असफल

‘प्रधानमन्त्री पुष्पकमल दाहाल पनि संविधानबारे भारतलाई बुझाउन तथा स्वागत् र समर्थन प्राप्त गर्न असफल भएको’ बताउँदै महासचिव पोखरेलले ‘संविधान र कानुनको दायराभित्र रहेर राज्यका सबै अंग सवल हुनुपर्छ भन्ने मान्यतामा आफ्नो पार्टी प्रतिबद्ध छ’–भने । सचिव प्रदीप ज्ञवालीले ‘हामीले अपनाएको सुधारिएको संसदीय प्रणालीमा केही त्रुटि देखिएपनि अहिलेको अवस्थामा हामीले त्यसलाई सच्याएर जानुपर्छ भन्ने नै मान्यता अघि सारेका छौं–भने ।

एमालेले असोज ३ गते पहिलो संविधान दिवस बसन्तपुरमा भव्य आमसभाको आयोजना गरेर मनाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com