न्युयोर्कमा ४ देखि ७ बर्षका प्रतिभाशाली विद्यार्थी छानिदै, आवेदन सोमबारसम्म


प्रकाशित मिति : कार्तिक २४, २०७४ शुक्रबार

न्युयोर्कको डिपार्टमेन्ट अफ एजुकेशनले प्रतिभाशाली र गुणवान विद्यार्थी छान्नका लागि आवेदनदिने अन्तिम म्याद नोभेम्बर १३ सोमबारसम्मका लागि तोकेको छ । यो परिक्षामा ४ बर्षदेखि ७ बर्षसम्मका विद्यार्थीहरु सहभागीहुनसक्ने भएकाले उनीहरुका अभिभावकहरुलाई सोमबारसम्म आवेदन दिन अनुरोध गरिएको छ । किन्डरगार्डेन, फस्ट, सेकेण्ड र थर्ड ग्रेडमा प्रवेश गर्दै गरेका ४ देखि ७ बर्षसम्मका बालबालिकाहरुले यो परिक्षामा सहभागिता जनाउनसक्नेछन् । त्यसका लागि अनलाइन, उनीहरुले अध्ययन गर्दै आएका पब्लिक स्कुलमा प्रत्यक्ष गएर वा फेमेली वेलकम सेन्टरमार्फत आवेदन दिन सकिनेछ । थप जानकारीका लागि 718-935-2009 नम्बरमा फोन समेत गर्न सकिनेछ ।

फेमेली वेलकम सेन्टरबारे जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

अनलाइनमार्फत आवेदन दिन यहाँ क्लिक गर्नुहोला ।

कार्यक्रमबारे अनलाइन ह्याण्डबुकपनि उपलब्ध छ ।

अँग्रेजी बाहेक अरबिक, बंगाली, चाइनिज, फ्रेन्च, हैटियन, कोरियन, रसियन र स्पानिस भाषामा समेत परिक्षा दिन सकिनेछ । न्युयोर्कसिटी स्तरयीय कार्यक्रममा सहभागी हुनका लागि विद्यार्थीले ९७ पर्सेन्टाइल वा त्यो भन्दा धेरै स्कोर ल्याउनुपर्ने हुन्छ । छनौट भएका विद्यार्थीहरुलाई गुणवान र प्रतिभाशाली विद्यालयहरुमा अध्ययनको अवशर दिइनेछ । न्युयोर्क सिटीमा रहेका असाधारण प्रतिभा रहेका बालबालिकाहरुलाई उनीहरुको शैक्षिक आवश्यकता पूरा गर्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको हो ।

यो कार्यक्रमबारे थप बुझ्न यो वेवसाइटमा हेर्नुहोला ।

परिक्षाको तयारी वा अन्य सबै जानकारीका लागि यो वेवसाइट भिजिट गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com