राष्ट्रपति ट्रम्प भियतनाममा


प्रकाशित मिति : कार्तिक २४, २०७४ शुक्रबार

भियतनाममा एपेक सम्मेलन सुरु, विश्वका नेताहरुले सम्बोधन गर्ने

डनाङ, भियतनाम, २४ कात्तिक ९रासस÷एएफपी० ः आमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार भियतनामा पुग्नुभएको छ ।

भियतनामको डनाङ्मा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयर फोर्स् बिमान अवतरण गरेको थियो । उहाँलाई सो विमानस्थलमा विशेष स्वागत गरिएको थियो ।

भियतनाममा आयोजना भएको एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन, ९एपिइसी० को सम्मेलनमा सहभागिताका लागि उहाँ यहाँ आउनुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले सो सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । यसअघि उहाँ एसिया भ्रमणका क्रममा चीनमा हुनुहुन्थ्यो ।

उहाँ शुक्रबारै चीनबाट भियतनाम पुग्नुभएको हो । उहाँले चीनमा छँदा राष्ट्रपति चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो । उहाँ दुवै जना शुक्रबारै भियतनाम पुग्नुभएको हो ।

सो सम्मेलनमा विश्वका नेताहरुले पनि सम्बोधन गर्नुहुने छ । चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतले पनि सो सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको प्राप्त समाचारमा जनाइएको छ ।

रुसी राष्ट्रपतिलाई भेट्ने कार्यक्रम छैन– ह्वाइट हाउस

यसैबीच अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले एपेक सम्मेलनका क्रममा भियतनाम पुग्नुभएका राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने कार्यक्रम नरहेको स्पष्ट गरेको छ ।

शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा ह्वाइट हाउसले भनेको छ– अमेरिकी राष्ट्रपतिको कार्यतालिकामा रुसी राष्ट्रपतिलाई भेट्ने कुनै कार्यक्रम छैन, त्यसैले उहाँहरुबीच भेट हुदैन ।

अमेरिकी राष्ट्रपति ट्रम्प भियतनाममा अवतरण गर्नुभन्दा केही मिनेनमात्र अघि ह्वाइट हाउसले सो जानकारी दिएको हो ।

एपेकको सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति पुटिन पनि भियतनाम पुग्नुभएको छ । उहाँहरुबीच सो सम्मेलनमा भेटवार्ता हुने कार्यक्रम भनी समाचार आएको थियो ।

सो समाचारको खण्डनगर्दै ह्वाइट हाउसले उक्त भेटघाटको कार्यक्रम नरहेको स्पष्ट गरेको प्राप्त समाचारमा जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com