जित्नकै लागि मेरो उम्मेदवारीः महालक्ष्मी उपाध्याय


प्रकाशित मिति : कार्तिक २४, २०७४ शुक्रबार

काठमाडौं । मंसिर २१ गते हुन प्रतिनिधिसभा सदस्यको चुनावमा नेपाली काँग्रेसकी नेता महालक्ष्मी उपाध्याय(डिना)ले मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएकी छन् ।

यो क्षेत्रमा उपाध्यायसँग दश पुरुषले प्रतिस्पर्धा गर्दैछन् । एमालेका विरोध खतिवडा, नयाँ शक्ति पार्टी नेपालका सोनामसिङ स्‍याङता, राष्ट्रिय जनमुक्ति पार्टीका हरीसिङ वाईवा लगायत लगायत दश जना पुरुषसंग उनको प्रतिस्पर्धा हुनेछ ।

प्रतिनिधिसभाको सदस्यमा न्यून संख्यामा दलहरूले महिला उम्मेदवार उठाएपनि उठेका महिलाले जितेर आउने दावी गर्छिन्, काँग्रेस उम्मेदवार उपाध्याय । ‘कम संख्यामा महिलाको उम्मेदवारी छ । त्यसैले महिलाहरूलाई जीत्ने अवसर र जीत्नै पर्ने चुनौती पनि छ’ उपाध्यायले भनिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिना अहिले पार्टीका र आफ्ना एजेण्डाका साथ चुनावी प्रचारप्रसारमा मतदातासँग भेटघाट कार्यक्रममा व्यस्त छिन् । उपाध्यायले मकवानपुर क्षेत्र नम्बर–२ को विकास निमार्णलाई प्रमुख एजेण्डा बनाएर मतदाताको घरदैलोमा पुगेको बताइन्् । ‘यहाँका कतिपय ठाउँहरूमा अझै शिक्षा, स्वास्थ्य, तथा विकास निमार्णका कामहरू हुन सकेका छैनन् । विकट ठाउँमा पनि विकास निर्माण पु¥याउन मेरो उम्मेदवारी हो’ उपाध्यायले महिला खबरसँग भनिन् ।

संविधानमा लेखिएका महिलाका धेरै अधिकार कार्यान्वयन नभएको अवस्थामा महिलाका संवैधानिक हक अधिकारलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनता माझ आफूले गरेको उनले बताइन् ।

आफू सांसद हुँदा पनि खानेपानी, बाटोघाटो निमार्ण, महिला सशक्तिकरण, क्षमता विकास र स्वास्थ्य क्षेत्रको विकासमा आफूले बजेट खर्च गरेको बताउँदै उनले आगामी दिनमा पनि थप गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जोड दिने बताईन् ।

‘गुणस्तरीय स्वास्थ्य चौकी, निशुल्क शिक्षा र क्षेत्रीय अस्पताल निमार्ण गर्न मैले जनता सामू प्रतिबद्धता गरेकी छु । महिलाहरूलाई आर्थिक सशक्तिकरणमा जोड दिन विभिन्न सिपमुलक तालिम, ज्येष्ठ नागरिकलाई दिवा सेवा केन्द्र, स्वास्थ्य परिक्षण जस्ता काम गर्ने छु’ उपाध्ययले भनिन् ।

त्यसैगरी महिला उम्मेदवारले चुनाव जित्न सक्दैन भन्ने कुरा भ्रम मात्र भएको उनले बताइन् । उनले आफूलाई सबैको साथ र सहयोग मिलेकोले महिला भएकै कारण कतैबाट असयोग नभएको बताइन् ।

‘म महिला भएर मलाई असयोग गर्छन् । म चुनाव हार्छु जस्तो लाग्दैन । मैले चुनाव जित्नकै लागि उम्मेदवारी दिएकी हुँ, जित्छु पनि’ उपाध्यायले भनिन् ।

चुनाव जित्नलाई पैसाको आवश्यकता नपर्ने उपाध्यायले बताइन् । ‘चुनावमा पैसा खर्च गर्नुपर्छ भन्ने सोच गतल हो । म चुनावी मैदानमा छु तर पैसालाई प्राथमिकतामा राखेको छैन र पैसा खर्च गरेको पनि छैन । जनताको माया भए पैसा खर्च नगरी जित्न सकिन्छ’– उनले पैसा नहुने उम्मेदवारलाई चुनावमा समस्या हुने गरेको सम्बन्धमा आफ्नो अनुभव सुनाइन् ।

त्यस्तै उनले मकवानपुरमा धेरै चेपाङ बस्ती भएकाले उनीहरूका लागि आउँदो २ वर्षमा दुई हजार घर बनाईदिने बताईन् । ‘पाँच÷छ हजार चेपाङहरू घरविहीन छन् । उनीहरूको लागि दुई वर्षभित्रमा दुई हजार घर बनाउने मेरो योजना छ’ उनले भनिन् ।

मकवानपुर पर्यटकीय तथा जडिबुटी पनि राम्रो सम्भावना भएकाले उचित स्रोत साधनको परिचालन गरी यसको विकासमा पहल गर्ने उनले बताईन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com