मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
प्रकाशित मिति : कार्तिक २४, २०७४ शुक्रबार

कात्तिक २४, भक्तपुर सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। विपरीत दिशाबाट आउँदै गरेका बा ४९ प १५४९ नम्बरको मोटरसाइकल र बा ९०प ३९६५ नम्बरको मोटरसाइकल ठोक्कँुुदा बा ४९ प १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर–१० घर भई हाल कुलेश्वर काठमाडौँ बस्ने ४२ वर्षीय सानुकाजी श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका श्रेष्ठको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख, नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।
मोटरसाइकलमा सवार धादिङका ४४ वर्षीय कमलबहादुर बास्कोटाको उपचार शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ। बा ९० प ३९६५ नम्बरको मोटरसाइकल र त्यसका चालक मध्यपुर थिमी नगरपालिका–७ नगदेश बस्ने १८ वर्षीय रोहित बाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते बाडेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। ।