नेपालप्रेमी एलेक्सको निधन, पूरा भएन नेपालमा अन्तिम क्षण विताउने इच्छा


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

नेपाल प्रेमी अमेरिकन नागरिक एलेक्स गार्गिलिसको निधन भएको छ । न्युयोर्कमा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । जीवनको अन्तिम क्षण नेपालमा विताउने इच्छा राख्नुभएका एलेक्सको त्यो इच्छा भने पूरा हुन पाएन । उहाँले झण्डै ३० बर्ष नेपालमा बिताउनुभएको थियो ।

‘दि वर्ल्ड इज माई नेसन’ नामको आफ्नो पुस्तकमा नेपाल जत्तिको सुन्दर राष्ट्र अरु नभएको र नेपालबाहेक अरु राष्ट्रले मनमा नछोएको उल्लेख गर्नु भएका एलेक्सले विश्व यात्राका क्रममा आफ्नो बसाईका लागि नेपाल रोज्नुभएको थियो । नेपालमा झण्डै ३ दशक विताउने क्रममा उहाँ ललितकला क्याम्पस लगाएत अन्य क्षेत्रमा संलग्न भई नेपाली कलासाहित्यको विकासमा प्रेरणादायी भूमिका निभाउनु भएको थियो ।

मनमा नेपाल प्रतिको माया बोक्नुभएका एलेक्स न्युयोर्कमा हुने नेपाली कला र संस्कृतिको प्रबद्धन गर्ने कार्यक्रममा समेत उपस्थीत हुदै आउनुभएको थियो । एलेक्सको मंगलबार राती निधन भएको बिष्णुमान प्रधानले जनाउनुभएको छ । उहाँले एलेक्सलाई एक अविस्मरणिय महान ब्यक्तित्व, कलाकार, लेखक, शिक्षक, नृत्यकार, बहुभाषी, विश्व यात्री, प्रेरणाको श्रोतका रुपमा स्मरण गर्नुभएको छ । एलेक्सको अन्तिम संस्कार भोलि शुक्रबार दिउसो पौने १ बजे फ्रेस पाउण्ड सिमेट्रीमा गरिने भएको छ ।

नोभेम्बर १९ मा हिमालयन याक रेष्टुरेण्टमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com