कांग्रेस गठबन्धनले जिते राजतन्त्र फर्किने खतरा छः मोहनविक्रम सिंह


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

२३ कात्तिक, डोटी । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए देशमा राजतन्त्र र्फकन सक्ने बताएका छन् ।

चुनावी कार्यक्रमको क्रममा डोटी पुगेका सिंहले नेपाली कांग्रेसभित्रकै ठूलो हिस्सा राजतन्त्र फर्काउने पक्षमा रहेको र गठबन्धनका अन्य दलहरु पनि राजतन्त्रको पक्षमा रहेका कारण राजतन्त्र फर्किने खतरा रहेको बताए ।

‘कांग्रेस गठबन्धनले जित्यो भने तीनवटा खतरा छन्’, राष्ट्रिय जनमोर्चा डोटीद्वारा बिहीवार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री सिंहले भने ‘अहिलेको अवस्थामा कांग्रेस गठबन्धन जित्नु राष्ट्रियता माथिको खतरा हो ।’

उनले कांग्रेसले बहुमत ल्याए मधेसवादी दलहरु र भारतसँग मिलेर संबिधान संशोधन गर्ने खतरा रहेको दावी गरे । ‘संबिधानलाई भारतीय इच्छा अनुसार संशोधन गरेर राष्ट्रियता कमजोर बनाउने पक्षमा कांग्रेस रहेका कारण हामीले कांग्रेस गठबन्धनसँग चुनावी तालमेल गरेनौं’ सिंहले भने ‘कांग्रेस नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउने र हिन्दु राष्ट्रको संरक्षकका रुपमा राजा फर्काउने दाउमा छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले नेपाली कांग्रेस पुरानो कांग्रेस नरहेको बताए । ‘कांग्रेस अव बिपी कांग्रेस रहेन, न त यो गिरिजा कांग्रेस रह्यो, न गणेशमान कांग्रेस रह्यो’ उनले भने ‘यो त शेरवहादुर कांग्रेस मात्रै रह्यो ।’

कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रियता र राजनीतिक चरित्र नरहेको सिंहले आरोप लगाए । उनले भने ‘उनी व्यक्तिगत स्वार्थका लागि जे पनि गर्न सक्छन भन्ने पुष्टि भइसकेको छ ।’ उनले प्रश्न गरे ‘गिरिजाप्रसाद कोईरालासँग बिद्रोह गरेर दरवार पस्ने मान्छेसँग के अपेक्षा गर्न सकिन्छ ?’

उनले बिपी र गिरिजाप्रसाद कोइरालाले निरंकुश राजतन्त्र भन्दा बैज्ञानिक राजतन्त्र स्वीकार गरेको बताउँदै सिंहले अहिलेको कांग्रेसले अवसरबादलाई मात्रै स्वीकार रहेको आरोप लगाए । उनले भारतले मधेसबादी दलहरुसँग मिलेर देशलाई सिक्किमीकरण गर्न खोजेको आरोप लगाए ।

अहिलेको अवस्थामा बाम गठबन्धनबाट राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने भएका कारण आफुहरुको समर्थन बाम गठबन्धनलाई रहेको सिंहले बताए । ‘अहिले राष्ट्रियता गम्भीर खतरामा परेको छ, त्यसकारण बामगठबन्धनलाई हामीले नैतिक समर्थन गरेका छौं ।’ उनले थपे ।

एमाले-माओवादीहरु माक्र्सबाद, लेनीनबाद र माओ बिचारधाराबाट बिचलित भइसकेका कारण उनीहरु कम्युनिष्ट नरहेको सिंहको भनाइ छ । उनी भन्छन् ‘चरित्रका हिसावले यी दुई पार्टी एउटै भएका कारण यिनीहरुबीच एकता भए राम्रो हुन्छ ।’ उनले वर्तमान बाम गठबन्धनसँग आफ्नो पार्टी एकता हुने सम्भावना नरहेको बताए ।

आफूहरुले चुनावलाई संघर्षकै रुपमा लिएको बताउँदै सिंहले भने ‘सैद्धान्तिक रुपमा हामीले संसदीय व्यवस्थालाई स्वीकार गर्दैनौं तर चुनावलाई हामीले संगठन बिस्तारको एक पाटोका रुपमा लिएका छौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com