कात्तिक २९ देखि मंसिर ९ सम्म ओली र प्रचण्डले १४ सहरमा संयुक्त सम्वोधन गर्ने


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

काठमाडौँ, २३ कात्तिक । मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका १४ प्रमुख शहरमा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ वटा शहरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने बताए ।

पूर्वदेखि पश्चिममा महत्वपूर्ण शहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई दुवै जना नेताले सम्बोधन गर्ने गरी कार्यक्रम निश्चित भएको बताइएको छ ।

कात्तिक २९ गते गोरखा, कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा हुने सभालाई ओली र प्रचण्डले सम्वोधन गर्नेछन् ।
यस अघि ताप्लेजुंगदेखि दार्चुला अभियान सुरु गर्ने योजना भएपनि पछि मुखय शहर केन्द्रित सभा गर्ने निर्णय भएको एमालेले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com