एनआरएनए अष्ट्रेलियाले पुनलाई २२ लाख ५६ हजार ३ सय ६८ रूपैयाँ सहयोग


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

एनआरएनए अष्ट्रेलियाले राष्ट्रिय आविस्कार केन्द्रका लागि २८३३५.८८ अष्ट्रेलियन डलर अर्थात २२ लाख ५६ हजार ३ सय ६८ रूपैयाँ सहयोग गरेको छ।

एनआरएन अष्ट्रेलियाका महासचिव देवबहादुर गुरूङले महाविर पुनलाई उक्त रकम मंगलबार एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्। गुरूङले पुनको महत्वकांक्षी कामको लागि एनआरएन अष्ट्रेलियाले पूर्ण सहयोग गर्ने र सम्पूर्ण एनआरएन ग्लोबल र विश्वभर फेलिएका नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन्।

युरोप भ्रमणमा गएका पुन एक महिनापछि मंगलबार स्वदेश फर्किएका हुन्। कार्यक्रममा पुनले बेलायतमा बसोबास गर्ने नेपालीहरूले करिब १ करोड रूपैयाँ सहयोग गर्ने बचन दिएको बताए। ‘बेलायतमा रहेका नेपाली संघ संस्था र व्यक्तिले १ करोड रूपैयाँ भन्दा बढी रकम सहयोग गरेका छन्। उठ्न बाँकी छ। वृद्धहरूले आफूले पाउँदै आएको वृद्ध भत्ता समेत संस्थाका लागि सहयोग गरेका छन्,’ पुनले भने।

राष्ट्रिय आविष्कार केन्द्रले ‘मुट्ठीदान अभियान’अन्तर्गत अहिलेसम्म ५ करोड रूपैयाँ भन्दा बढी रकम सङ्कलन गरेको छ । केन्द्रलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले गत वर्ष साउनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अभियान सुरु गरिएको थियो । स्वदेशभित्र वैज्ञानिक क्षेत्रमा खोज, अनुसन्धान तथा आविष्कार गर्न चाहने विद्यार्थीलाई उनीहरुको प्रस्ताव तथा योजनाका आधारमा सक्दो सहयोग गर्ने उद्देश्य राखिएको केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केन्द्रले ५० करोड सङ्कलन गरेर जलविद्युतमा लगानी गरी त्यसबाट प्रत्येक वर्ष आउने आउने प्रतिफलबाट अनुसन्धानका क्षेत्रमा खर्च गर्ने योजना राखेको छ । सो अभियान सफल बनाउन केन्द्रका अध्यक्ष पुनले प्राप्त गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका पुरस्कारसमेत बिक्रीका लागि राखिएको छ।

ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा सञ्चालन गरी सूचना तथा सञ्चारको पहुँच पुर्‍याउँदै आएको सो संस्थाले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । केन्द्रका अध्यक्ष पुनले विज्ञान तथा प्रविधिका क्षेत्रमा आविष्कार गरी समग्र राष्ट्रको विकास गर्न सकिने हुँदा सो केन्द्र स्थापना गर्न लागिएको बताए।

एउटै विषयमा खोज र अनुसन्धान गर्न करोडौँ रुपैयाँ आवश्यक पर्ने भएकाले त्यस्ता प्रतिभा र अनुसन्धानकर्तालाई सहयोग गर्न सकिने भएको छ। विभिन्न मुलुकमा नेपाली वैज्ञानिकले खोज अनुसन्धान गरेर ती मुलुकलाई आर्थिक क्रान्तिमा अघि बढाएको अवस्थामा सरकारले यस्तो कार्यमा लगानी गर्न नसकेको उनले बताए।

Setopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com