विपन्न विरामीलाई सहयोग: पैंसा बाड्दै हिंडेको आरोप


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

निवर्तमान सांसद एवं डोटीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेमबहादुर आलेमगरले उपचार गराइरहेका एक विपन्न विरामीलाई सहयोग गरेका छन् ।

चुनाव नजिकेसँगै आर्थिक सहयोगका नाममा पैंसा बाड्दै हिंडेको आरोप लागेको छ । चुनावी अभियानका क्रममा उनले डोटीको सानागाउँ निवासी एच आईभी संक्रमित चनरी देवस् भण्डारीका ७ वर्षे छोरा कर्ण भण्डारीको उपचारका लागि ११ हजार आर्थिक सहयोग गरेका हुन् ।

जिल्ला अस्पताले चेकजाँचका क्रममा पिसाव नलीमा खराबी देखिएको र ३ लाख खर्च लाग्ने भनेपछि भण्डारीको उपचारका लागि स्थानीयले नै आर्थिक सहायता संकलन गरेका थिए । स्थानीयले संकलन गरेको रकममै आफूले ११ हजार दिएको निवर्तमान सांसद आलेमगरले जानकारी दिए ।

उनले मत प्रभावित पार्न सहयोग गर्ने भन्ने विषय चुनाव हार्ने मानसिकताका व्यक्तिहरुले अनर्गल प्रचार गर्न खोजेको बताए । ३० हजार ३ सय स्थानीयले नै संकलन गरेका थिए । त्यसमा मैले ११ हजार दिएँ । त के विग्रियो त्यसो त म अहिले मात्रै होइन हिजो सांसद हुँदा र नहुँदाबा बखत पनि निरन्तर विपन्नहरुलाई सहयोग गर्दै आएको हुँ । काठमाडौँमै हुँदा पनि मैले उपचारका लागि धेरैलाई सहयोग गरे । उपचारका क्रममा पैंँसा सकिएपछि घर फर्किने पैंसा नभएका विरामीलाई मैले एम्बुलेन्स नै बुक गरेर घरसमेत पठाएको थिए ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चुनावको बेला यसरी सहयोग बाँड्दा के सन्देश जान्छ, आचारसंहिताको पनि लाग्ला रु जवाफमा उनले भने, ‘यो नागरिकले गरेको सहयोग हो । स्थानीयले संकलन गरेको रकम हस्तान्त्रण गरिएको हो । पहिले त म पनि एउटा नागरिक हुँ । मैले यसमा नागरिकको कर्तव्य निभाएको हुँ । मैले उम्मेदवारका हैसियतले सहयोग गरेको होइन ।’

मैले सहयोग गरेको भण्डारी भाइको बुबा छैनन्, आमा पनि रोगी हुनुहुँदो रहेछ, उनले भने, ‘अतिनै विपन्नहरुलाई उपचारका लागि सहयोग गर्दा अनावश्यक प्रचार गरिनु हुँदैन । उपचार नपाई कसैले ज्यान गुमाइसकेपछि समवेदना दिनुको के अर्थ रु कतिपय अवस्थामा मानवीय धर्म पनि निभाउनु पर्ने हुन्छ ।’ यस्तो सहयोग आजमात्र होइन निरन्तर हुँदै आएको हो ।

वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको रहेका आलेमगरको प्रतिस्पर्धी काँग्रेसबाट वर्तमान यातायातमन्त्री वीरबहादुर बलायर छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com