न्युयोर्क मेयरमा ब्लाजिओ दोश्रोपटक विजयी


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

न्युयोर्क सिटीको मेयरमा बिल डे ब्लाजिओ दोश्रो पटक निर्वाचित भएका छन् । रिपब्लिकन उम्मेदवार निकोल मालिओटाकेसलाई पराजित गर्दै ब्लाजिओ मेयरमा निर्वाचित भएका हुन् । मेयरको चुनावमा आज विहान ७ बजे ९ बजेसम्म न्युयोर्कबासीहरुले मतदान गरेका थिए ।

सन् २०१३ मा भएको निर्वाचनमा पनि ब्लाजिओ मेयरमा निर्वाचित भएका थिए । उनले मेयरका रुपमा सन् २०१४ को जनवरी १ बाट कार्यभार सम्हालेका थिए । अब दोश्रो कार्यकालका समेत मेयरमा निर्वाचित भएपछि उनले दोश्रो कार्यकालका लागि कार्यभार भने आगामी जनवरीबाट सम्हाल्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com