मलेशियामा नेपाली महिलाको मृत्यु, शव नेपाल ल्याउन आर्थिक अभाव


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

मलेशियामा एक जना नेपाली महिलाको मृत्यु भएको छ । काभ्रेपलान्चोक गोठपानी ८ कि अन्जु चौलागाइको मृत्यु भएको मलेशियामा कार्यरत तिलोचन गौतमले जानकारी दिएका छन् । चौलागाई बिगत २० महिना अगाडि मोण्टेज ओभरसिज प्रा०लि बाट मलेसियाको पेनाङ स्थिति प्रेसिको इलोक्ट्रोनिक एसडिएन बिएचडिमा श्रमिकको रूपमा आएकी थिइन । नेपालबाट तोकिएर आएको कम्पनीमा काम मन नपरेको बताउदै नेपाल बाट आएको ९ महिना नबित्दै अबैधानिक रूपमा काम गर्न थालेकी थिइन् ।

केहि समय अगाडि देखि बिरामी रहेको तर उपचार हुन नसकेको जानकारी छ । उनि मलेशियाको पोर्ट केलाङ्गमा काम गर्दै आएकी भएपनि कहाँ ? कुन कम्पनीमा कार्यरत थिइन् ? त्यो जानकारी आईसकेको छैन ।

अहिले चौलागाईंको शव मलेसियास्थित केलाङ हस्पिटलमा रहेको र रोजगारदाता कम्पनीले आफूले केही गर्न नसक्ने बताएको छ । अहिले रोजगार दाता कम्पनीले मृतकको राहदानी नेपाली दूतावासमा बुझाइदिएको छ । नेपाल दूतावास बाट सबै कागजात तयारी रहे पनि आर्थिक अभावका कारण सब नेपाल पठाउन नसकिएको दूतावास स्रोतले जनाएको छ।

http://nepalnewsinfo.com/

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com