युरोपमा हत्या गरिएका जीसीका परिवारलाई सहयोग


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

पोर्चुगलमा छुरा प्रहार गरी हत्या गरिएका पर्वतका हरि बहादुर जीसीका बालबच्चाको शिक्षामा सहयोग पुर्‍याउन ७३ हजार रुपैया सहयोग मिलेको छ ।

जेवी ओलीले पोर्चुगलमा साँगीतिक साँझ कार्यक्रम आयोजना गरी सहयोग संकलन गरेको हो । एनआरएन पोर्चुगलका अध्यक्ष कुबेर कार्की र पुर्व आईसिसी सदस्य सूर्य हमालले जिसिकी श्रीमती रुक्मणी खड्का जीसीलाई रकम हस्तान्तरण गरेका थिए ।

झण्डै दुईमहिना अगाडि पोर्चुगलको राजधानी लिस्वोनमा पर्वत जिल्लाको मल्लाज घर भएका हरि बहादुर जिसीको हत्या भएको थियो । उनलाई धादिङ घर भएका अर्जुन सापकोटाले छुरा हानेका थिए । छुरा प्रहारबाट जिसीका भार्इ ओम जिसी पनि गम्भिर घाइते भएका थिए । राजधानी लिस्वोनको क्याम्पे पिकान्तेस्थित सडकमा उनीमाथी छुरा प्रहार भएको थियो ।

पोर्चुगलको राजधानी लिस्वनको क्याम्पो पिकनो नजिक रहेको चाईनिज रेष्टुरेण्टमा मृतक जिसीका भाई ओम जिसी कार्यरत थिए । झण्डै आधा दर्जन नेपालीले काम गर्ने उक्त रेष्टुरेण्टमा अर्जुन सापकोटाले भाडा माझ्ने काम गदैं आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साहुले काम मन नपरेको भनेर निकालिएको भनिएपनि सापकोटा ३ दिनअघि मृतक जिसीका भाई ओमसँगको बिवादका कारण कामबाट निकालिएका थिए । सोही कारण प्रतिसोध साध्ने नियतले मृतकका भाईलाई आक्रमण गर्ने नियतले पुगेका सापकोटाले सगै रहेका दाजुभाईमाथी नै अन्धधुन्ध धारिलो हतियार प्रहार गरेका थिए ।

पर्वत मल्लाजका हरि बहादुर जिसी ५ बर्षअघि पोर्चुगल गएका हुन । नेपालमा कानुन बिषयमा स्नातक गरेका जिसी आर्थिक समस्याका कारण केहि समय वेल्जियम बसेर उनि पोर्चुगल गएका थिए । पोर्चुगलमै बसेर त्यहीको स्थाई बसोबासको अनुमतिपछि अहिले श्रीमति र एकछोरी समेत लगिसकेको थिए । सामान्य आर्थिक अवस्थाका जिसीका ३ भाई मध्ये मृतक हरि बहादुर जिसी जेठा र घाईते ओम जिसी कान्छा हुन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com