निकारागुवाको टीपीएस समाप्त, होण्डुरस अगाडि नेपालबारे निर्णय


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

अमेरिकी सरकारले अमेरिकाका निकागारागुवाका जनताहरुलाई प्रदान गरेको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसको अवधि समाप्त गरेको छ । सोमबार मध्यरात अगाडिको डेडलाइन सकिनु अगाडि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यकारी सेक्रेटरी एलेन ड्युकले यस्तो निकारागुवाको टीपीएस समाप्त भएको घोषणा गरेकी हुन् । उनीहरुलाई १४ महिनाभित्र अमेरिका छाड्ने अल्टिमेटम दिइएको छ । निकारागुवाका झण्डै २५ सय नागरिकहरुले झण्डै सन् १९९९ देखि अमेरिकामा टीपीएस प्राप्त गरेका थिए । अब उनीहरुको टीपीएसको अवधि नथपिएपछि उनीहरुले सन् २०१९ को जनवरी ५ भित्र अमेरिका छाड्नुपर्ने भएको छ ।

निकारागुवाबारेको घोषणाको पूर्ण पाठ

त्यस्तै होण्डुरसका नागरिकहरुको टीपीएसको अवधि पनि आगामी जनवरी ५ मा सकिने सन्दर्भमा अमेरिकी सरकारलाई त्यसबारे निर्णय गर्ने डेडलाइन सोमबारसम्मको थियो । तर होण्डुरसबारे भने अमेरिकी सरकारले निर्णय गरेको छैन । होण्डुरसको अवस्थाबारे मुल्यांकन गर्न थप आवश्यक भएको भन्दै अमेरिकी सरकारले सोमबार निर्णय नगरेपछि होण्डुरसको टीपीएस अवधि सन् २०१८ को जुलाई ५ सम्म अर्थात् ६ महिनाका लागि स्वत थपिएको छ । अब अमेरिकी सरकारले सन् २०१८ को मे ५ सम्म त्यसबारे निर्णय गर्नेछ । होण्डुरसका ५७ हजार नागरिकहरु अमेरिकामा टीपीएसबाट संरक्षित छन् ।

होण्डुरसबारेको घोषणाको पूर्ण पाठ

होण्डुरसको बारेमा निर्णय गर्नका लागि अमेरिकी सरकारसँग मे ५ सम्मको म्याद रहेकाले नेपालबारे त्यो भन्दा अगाडि नै अप्रिल २४ भित्र निर्णय गर्ने भएको छ । नेपालको टीपीएसको अवधि आगामी जुन २४ मा समाप्त हुँदैछ । झण्डै १३ हजार नेपालीहरु अमेरिकामा टीपीएसबाट संरक्षित छन् ।

अमेरिकी सरकारले एकपछि अर्को गर्दै विभिन्न देशहरुको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस खारेज गरिरहदा नेपालीले पाएको टीपीएसबारे पनि अन्यौल सृजना भएको हो । अमेरिकाले विभिन्न देशहरुको टीपीएसको अवधि नथपेको अवस्थामा नेपालबारे पनि अन्यौल सृजना भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मध्य अमेरिकन र हैटियनहरुको टीपीएसको अवधि थप्न आवश्यक नभएको भन्दै अमेरिकी विदेशमन्त्रालयले होमल्याण्ड सेक्युरिटीका अधिकारीहरुलाई पत्र लेखेपछि अरु देशको टीपीएस थपिनेमा आशंका बढेको हो । गत मंगलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी कार्यकारी सेक्रेटरी एलेन ड्युकलाई पत्र लेख्दै मध्य अमेरिका र हैटीका नागरिकलाई टीपीएसको अवधि थप्न आवश्यक नभएको बताएका थिए । तयसपछि ड्युकले निकारागुवाको टीपीएसको अवधि समाप्त गरेकी छिन् भने होण्डुरसबारे मूल्यांकनका लागि समय थपेकी छिन् ।

एल साल्भाडोरका झण्डै २ लाख टीपीएसप्राप्तहरुका बारेमा निर्णय लिने समय भने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग अझै झण्डै २ महिना बाँकी छ । हैटीका टीपीएसप्राप्त झण्डै ५० हजारको बारेमा भने अमेरिकी सरकारले नोभेम्बरको अन्तिम सातासम्म निर्णय लिने अपेक्षा गरिएको छ । यदि अमेरिकी सरकारले टीपीएसको अवधि नथपेको खण्डमा पनि उनीहरुलाई अमेरिका छाड्न वा स्टेटस एड्जस्ट गर्नका लागि ६ महिनाको सहुलियत अवधि दिनसक्ने जनाइएको छ ।

कुन देशको टीपीएस कहिले सकिदैछ ?

एल साल्भाडोरको टीपीएस अवधि २०१८ को मार्च ९ मा सकिदैछ । सकिनुभन्दा ६० दिन अगाडि अमेरिकी सरकारले निर्णय लिनसक्ने भएकाले यसबारे जनवरीको पहिलो सातातिर निर्णय आउनुसक्ने अपेक्षा गरिएको छ । गायना, लाइबेरिया र सिरियालिओनको टीपीएस अवधि गत मे २१ मा समाप्त भइसकेकाले उनीहरु देशनिकालाका लागि योग्य छन् । हैटीको टीपीएस अवधि आगामी जनबरी २२ मा सकिने भएकाले आगामी थ्यांक्सगिभिंगसम्म उनीहरुबारे निर्णय हुनसक्ने जनाइएको छ ।

होण्डुरसको टीपीएस अवधि जुलाई ५ सम्म कायम भएको छ भने निकारागुवाको समाप्त भएको छ । अबको १४ महिनाभित्र उनीहरुले अमेरिका छाड्नुपर्नेछ । नेपालको टीपीएस अवधि आगामी जुन २४ सम्म रहेकाले अमेरिकाले नेपालबारे पनि अप्रिलको अन्तिमसातासम्म निर्णय गर्नेछ । नेपालबारे निर्णय लिनका लागि अब ६ महिना पनि बाँकी छैन ।

सोमालियाको टीपीएसअवधि आगामी सेप्टेम्बर १७ मा सकिनेछ भने साउथ सुडानको टीपीएस अवधि सन् २०१९ को मे २ सम्म रहेको छ । सुडानको टीपीएस सन् २०१८ को नोभेम्बर २ सम्म रहेको छ भने सिरियाको आगामी मार्च ३१ सम्म रहेको छ । सिरियाबारे पनि अमेरिकी सरकारले जनवरीको अन्तिमसातासम्म निर्णय लिनेछ । यमनको टीपीएस अवधि भने आगामी सेप्टेम्बर ३ सम्म रहेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com