लास भेगासको नरसंहारपछि अमेरिकामा फेरि अर्काे हत्याकाण्ड, चर्चमा भएको गोली प्रहारमा २६ जनाको मृत्यु, २० घाइते


प्रकाशित मिति : कार्तिक २०, २०७४ सोमबार

साउदरल्याण्ड स्प्रिङ्ग, संयुक्त राज्य अमेरिका, २० कात्तिक (रासस) : अमेरिकी राज्य लास भेगासमा गएको ठीक पाँच हप्ताअघि गोली हानी भएको ठूलो नरसंहारपछि आइतबार पुनः त्यस्तै अर्काे नरसंहार दोहोरिएको छ ।

प्राप्त समाचारअनुसार अमेरिकाको सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी अर्काे हत्याकाण्ड भएको बताइएको छ ।

यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको सबैभन्दा दर्दनाक नंरसहार भनिएको छ । उक्त दुर्घटनामा २६ जना मारिएका छन् भने अरु २० जना नराम्रारी घाइते भएका बताइएको छ ।

अमेरिकाको सदरल्याण्ड स्प्रिङ्ग नामको एउटा सानो नगरमा उक्त हत्याकाण्ड भएको थियो । आइतबार बिहान एकजना अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थियो । उक्त हत्यापछि सो बन्दुकधारीको पनि मृत्यु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नै सवारी साधनमा उ मृत अवस्थामा भेटिएको छ । यसलाई भने प्रहरीले अनुसन्धानको विषय बनाएको छ । प्रहरीको गोली लागेर नभई उ आफै कसरी मारिन पुग्यो भनेर प्रहरीले खोजी थालेको बताइएको छ ।

सदरल्याण्ड स्प्रिङ्गमा रहेको फ्रस्ट बाप्टिस्ट चर्चमा आइतबारको बिहानी प्रार्थना चलिरहँदा उक्त बन्दुकधारी प्रवेश गरेर कम्तीमा पनि २० राउण्ड गोली हानेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

एकजना प्रत्यक्षदर्शीका अनुसार करिब २०÷२२ बर्षको जस्तो देखिने एकजना व्यक्तिले लगातार २० राउण्ड गोली चलाएको थियो । उसले बुलेट प्रुफ भेष्ट लगाएको पनि प्रहरीले जनाएको छ ।

उक्त गोलीकाण्डमा परी ज्यान गुमाउनेमा पाँच बर्षका बालकदेखि ७२ बर्षका व्यक्तिसम्म परेका बताइएको छ ।
अहिलेसम्म सो व्यक्तिको पहिचान खुलेको छैन । प्रहरीले उक्त शङ्कास्पद हमलाकारीको परिचय खोजिरहेको बताएको छ । सो व्यक्तिले तीव्र गतिमा कार चलाएर भागेको थियो ।

प्रहरीले नै उसलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले पछ्याइरहेको व्यक्ति आफ्नै कारमा पुगेको र पछि सोही कारमा नै मृत अवस्थामा भेटिएको छ ।

प्रहरीले घाइतेलाई हेलिकोप्टरबाट उद्वार गरी लगेको छ । आक्रमणको कारण थाहा हुन सकेको छैन । यसको अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ ।

लास भेगासमा एउटा सांगीतिक कार्यक्रममा गत महिना ५९ जनाको ज्यान लिइएको नरसंहारको पाँच हप्तापछि यो दुर्घटना भएको छ । चर्चमा गरिएको यस हमलाको पनि व्यापक मात्रामा विरोध भएको छ ।

संयुक्त राज्य अमेरिका र संसारकै नेताहरुले यसको निन्दा एवम् भत्र्सना गरेका छन् । यसरी महिनैपिच्छे अमेरिकामा हुन थालेको गोलीकाण्डपछि नागरिकमा चिन्ता र त्रास उत्पन्न भएको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com