ताप्लेजुङ पुगेर ओलीले भने, ‘तपाईहरु योगेशलाई जिताएर पठाउनुस्, म मन्त्री बनाएर फर्काउँछु’
प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार
ताप्लेजुङ, १९ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सचिव योगेश भट्टराईको प्रंशसा गरेका छन् । सचिव भट्टराई भबिष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता नेता भन्दै ताप्लेजुङका जनतालाई मतदान गर्न अनुरोध समेत गरे । उनले योगेशलाई मन्त्री बनाउने समेत प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु ।’









