आइतबार राती एकघण्टा समय थपिदै


प्रकाशित मिति : कार्तिक १८, २०७४ शनिबार

डेलाइट सेभिङ टाइम आज राती सकिने भएको छ । जस अन्तरगत आज राती १ बजेर ५९ मिनेट गइसकेपछि २ बज्नुपर्नेमा पुन १ बज्नेछ । बेलुका १० बजेदेखि ६ बजेसम्म सुत्ने तालिका बनाएकाहरुले ८ घण्टाको साटो थप १ घण्टा अर्थात् ९ घण्टा सुत्न पाउनेछन् । रातीमा काम गर्नेहरुले भने ८ घण्टाको साटो ९ घण्टा काम गर्नुपर्नेछ ।

१ घण्टा समय पछाडि फर्किने भएकाले माइक्रोवेभ, हातेघडी, भित्तेघडी, ओभन जस्ता चिजहरुमा घडी एकघण्टा पछाडि सार्नुपर्नेछ भने मोबाइल, ल्यापटप जस्ता इन्टरनेट कनेक्ट हुने डिभाइसहरुमा घडी आफै १ घण्टा पछाडि सर्नेछ । सन् २०१८ को मार्च ११ मा भने भने १२ बजेपछि १ बज्नुपर्नेमा एकैपटक २ बज्नेछ । अर्थात् राती १० बजे सुतेकाहरुले ६ बजे उठ्दा ८ घण्टाको साटो ७ घण्टामात्रै सुत्न पाउनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com