जनतासँग क्षमा माग्दै गगनले थाले चुनावी अभियान


प्रकाशित मिति : कार्तिक १८, २०७४ शनिबार

१८ कात्तिक, काठमाडौं । काठमाडौं ४ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले जनतासँग क्षमा माग्दै चुनावी अभियान सुरु गरेका छन् ।

प्रदेशसभाका उम्मेदवारद्वय नरोत्तम बैद्य र साधुराम खड्कासहित थापाले चावहिलबाट चुनावी अभियान थालेका हुन् । चार वर्षमा अन्य सांसदहरुको तुलाना आफूले कार्यालय नै खडा गरेर काम गरेको भन्दै उनले फेहरिस्ता सुनाए ।

यद्यपि धेरै गर्न सकिन्थ्यो भन्दै जनतासँग क्षमा मादै भने, ‘अझ राम्रो गर्न सकेको भए मलाई जति आनन्द कसलाई लाग्थ्यो होला र । तर, सबै मेरो वसमा छैन ।’ उनले आफू हाउजिङमा बसेर बेलाबेला घुम्म आउन सांसद नभएको भन्दै जनताको सुखदुःखप्रति जानकार रहेको बताए ।

चुनावी प्रतिपर्धामा रहेका एमाले नेता राजन भट्टराईलाई सालिन युवा भन्दै गगनले आफ्ना कुरा राख्न आग्रह गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सांसद नभएका व्यक्तिले चार वर्ष गगन थापाले के गर्‍यो भन्न पाएपछि सँगै सांसद रहेका भट्टराईले नमिल्ने तर्क गरे । उनले अघि भने, चावहिलको बाटोमा गगनले धुलो उडायो भन्दा गर्दा तिमीले पानी किन हालेन भनेर जनताले सोध्छन् ।’

उनले आफूले कुनै पनि राम्रो काम गर्न खोज्दा चारैतिरबाट आक्रमण हुने गरेको गुनासो गरे । कहिले गगन थापाले कृषक भनेर १४ करोड खायो, त कहिले दुई महिनामा कायाकल्प गर्छु भन्यो भन्दै गलत प्रचार भएको भन्दै थापाले भने, ‘अब कसैले भारतको दलाल, कसैले अमेरिको दलाल भनेको पढ्नुहुन्छ । कसैले घरेडी मात्र ५० ठाउँमा छ भनेर पढ्न पाउनुहुन्छ ।’

आफ्ना प्रतिस्पर्धीलाई कमरेड भन्दै कांग्रेस उम्मेदवार गगनले भने, ‘यो क्षेत्र नम्बर ४ हो, यहाँका मतदातालाई न राजाले झुक्याउन सक्यो न माओवादीले । अरु ठाउँमा हल्लाको अर्थ रहला । मेरो ठाउँमा आएर नचाहिले हल्ला नगर्नु तपाईको स्वार्थको हितकर हुन्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com