अमेरिकामा नेपाली विद्यार्थीमाथि ७ राउण्ड गोली प्रहार, सहयोगको अपिल


प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

टेक्सासमा एकजना नेपाली विद्यार्थीमाथि लुटेराले ७ राउण्ड गोली प्रहार गरेको छ । आफ्नै अपार्टमेन्टको लण्ड्रीमा नेपाली विद्यार्थी ज्वाला कार्कीमाथि गोली प्रहार भएको हो । टेक्सासको डलासमा रहेको एल सेन्ट्रो कलेजमा अध्ययनरत पार्कल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । कार्कीको अवस्था खतरामुक्त रहेपनि उपचारका लागि रकम आवश्यक रहेको भन्दै नेपाली समाज टेक्सासले गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिरहेको छ ।

घटना गत आइतवार भएको जनाइएको छ । विद्यार्थी भिसामा रहेकी उनीसँग प्रयाप्त रकमको अभाव रहेकाले र केही दिन आराम गर्नुपर्ने भएकाले सहयोग संकलनको आवश्यकता परेको हो । गोली प्रहारबाट पनि बाँच्न सफल भएकोमा पुनर्जीवन प्राप्त गरेपछि घाइते कार्की खुशी छिन् ।

नेपाली समाज टेक्सासका तर्फबाट सुमन कार्की, कृष्ण लामिछाने, कमल सत्याल र जुबिन राजभण्डारीले सहयोग संकलन अभियान संचालन गरेका हुन् । २५ हजार डलरको लक्ष्य सहित सहयोग संकलन अभियान चलाइएको छ ।

गोफण्डमीमार्फत सहयोग गर्न चाहनेले यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com