२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
इमिग्रेशन

सम्भवत अन्तिम डिभी लोटरी भर्ने म्याद नोभेम्बर २२ सम्ममात्र

सम्भवत अन्तिम डिभी लोटरी भर्ने म्याद नोभेम्बर २२ सम्ममात्र रहेको छ । अन्तिम पटक मौकाको फाइदा लिन नभुल्नुहोला । अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले पनि भर्न सकिन्छ । अमेरिकी डिभी लोटरी प्रणालीमा प्राविधिक गडबडी आएपछि बन्द भएको डिभी लोटरी पुन खुलेको हो ।  डिभी लोटरी पुन खुलेसँगै अक्टोबर ३ देखि १० सम्म डिभी भरेकाहरुले पुन भर्नुपर्ने भएको छ । किनभने सन् २०१९ का लागि अक्टोबर ३ देखि १० सम्म भरिएका डिभी लोटरीका सबै आवेदनहरु रद्द गरिएको छ । प्राविधिक गडबडी आएपछि अमेरिकी सरकारले डिभी लोटरीका लागि नयाँ मिति तोकेको हो ।

डिभी लोटरी भर्न यो लिंकमा क्लिक गर्नुहोला ।

अमेरिकी पूर्वीय समय अनुशार बुधबार अक्टोबर १८ को मध्यान्हबाट डिभी लोटरी पुन खुलेको हो भने नोभेम्बर २२ सम्म डिभी लोटरी भर्न सकिने जनाइएको छ । अक्टोबर ३ देखि १० सम्म डिभी लोटरी भरेकाहरुको आवेदन वैधानिक नमानिने भएकाले उनीहरुले पुन डिभी लोटरी भर्न सक्ने जनाइएको छ । अक्टोबर १८ देखि नोभेम्बर २२ सम्म भरिएका डिभी लोटरीका आवेदनमात्र स्वीकृत गरिने भएकाले अक्टोबर ३ देखि १० सम्म आवेदन भरेकाहरुलाई कन्फर्मेशन नम्बर र अन्य कागजात मिल्काउन अमेरिकी सरकारले सुझाव दिएको छ ।

प्राविधिक गडबडी आएपछि डिभी लोटरी भर्ने समय पनि बढाइएको छ । यसअगाडि नोभेम्बर ७ सम्ममात्र डिभी लोटरी भर्न सकिने जनाइएको थियो । अब भने दुई साता थपिएको छ ।

डिभी लोटरी भर्ने अमेरिकी सरकारको वेवसाइटमा अक्टोबर १० देखि गडबडी आएको थियो । न्युयोर्क समय अनुशार अक्टोबर १० को दिउसो ३ बजेर २० मिनेट जाँदा वेवसाइटमा खराबी आएको थियो । डिभी लोटरीको प्रणालीमा यस अगाडि पनि गडबडी आएको थियो । सन् २०१२ को डिभी लोटरीको परिणाममा गडबडी आउँदा परिणाम नै पुन प्रकाशन गर्नुपरेको थियो । सन् २०१२ का लागि डिभी भरेकाहरुमध्ये सुरुका दुई दिनमा भरेकाहरुमात्र छनौट भएपछि रिजल्ट नै खारेज गरेर पुन नयाँ रिजल्ट निकालिएको थियो ।

 

लेखक किशोर पन्थी

किशोर पन्थी ‘खसोखास’ र ‘नेपयोर्क’ का संस्थापक तथा प्रधानसम्पादक हुन्। उनी ‘कम्पन’, ‘अनट्रान्सलेटेबल’ र ‘जिरो माइल’ गरी तीन पुस्तकका लेखक हुन्। उनी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिबारे लेख्छन्। पन्थीले न्युयोर्कलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी-नेपाली डायस्पोरामा पत्रकारिता गरिरहेका छन्।

यस लेखकका थप समाचार →