वासिङ्टन क्षेत्रमा आइसको अपरेसन: १,३०० भन्दा बढी कागजातविहीन आप्रवासी पक्राउ


प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार

तस्बिर: आइस

अमेरिकी आइसले वासिङ्टन डिसी वरपरका क्षेत्रहरूमा सञ्चालन गरेको दुई हप्ते विशेष अपरेसनका क्रममा १,३२८ जना कागजातविहीन आप्रवासीहरूलाई पक्राउ गरेको छ। एजेन्सीका स्रोतहरूका अनुसार यो हालसम्मकै सबैभन्दा सफल अपरेसनहरूमध्ये एक हो।

“अपरेसन सेफ कम्युनिटी- वासिङ्टन, डिसी” नाम दिइएको यो अभियान अगस्ट १ देखि १४ सम्म भर्जिनिया र मेरिल्यान्डका क्षेत्रहरूमा सञ्चालन गरिएको थियो।

पक्राउ परेकामध्ये लगभग ४०० जना गम्भीर अपराधमा दोषि ठहरिएका वा अभियोग लागेका व्यक्तिहरू रहेका छन्। उनीहरूमाथि हत्या, बलात्कार, यौन हिंसा, अपहरण, डकैती र सवारी दुर्घटना गराई भागेको जस्ता गम्भीर आरोपहरू छन्। साथै एमएस-थर्टिन, ट्रेन दे अरागुवा र एटिन्थ स्ट्रिट ग्याङ जस्ता अन्तर्राष्ट्रिय आपराधिक गिरोहका सदस्यहरू पनि यस अपरेसनमा समातिएका छन्।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी मार्कवेन मुलिनले आइस टोलीको प्रशंसा गर्दै अमेरिकी नागरिकको सुरक्षालाई सरकारले सधैँ प्राथमिकतामा राख्ने बताए। पक्राउ परेका सबै व्यक्तिहरूलाई देश निकाला नगरेसम्म आइसको हिरासतमा राखिनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com