जोखिम मोलेर कर्णाली नदी पार गर्न बाध्य स्थानीय


प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

कात्तिक, कालीकोट । कालीकोटको पलाता गाउँपालिकाका स्थानीयवासी ज्यान जोखिम मोलेर कर्णाली नदी पार गर्न बाध्य छन् ।

पलाता गाउँपालिकाको थीर्पु र पचालझरना गाउँपालिकाको नानिकोटलाई जोड्न कर्णाली नदीमा पुल नुहँदा स्थानीयवासी ज्यान जोखिममा पारेर नदी तर्न बाध्य भएका हुन् ।

अहिले नदी पार गर्नका लागि स्थायी झोलुङगे पुल बनाइएको छ । तर, अस्थायी झोलुङ्गे पुलबाट नदी पार गर्न निकै जोखिम छ ।

कालिकोटको लालु खुलालु हुँदै हुम्ला हिल्सा जोड्ने उत्तर दक्षिण कर्णाली करिडोरको थीर्पु बगरमा वर्षौेदेखि त्येहाँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com