अमेरिकामा टिपीएस समाप्त भएपछि क्यानडाको सीमानामा हाइटीका शरणार्थीको चहलपहल


प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार

Photo: Hermes Rivera/ Unsplash

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हाइटीका नागरिकहरूका लागि दिइएको अस्थायी संरक्षण स्थिति समाप्त गरेपछि हजारौँ हाइटीहरू अमेरिका छाड्ने तयारीमा छन्। सर्वोच्च अदालतको फैसलापछि अगस्ट ५ मा ३,३०,००० भन्दा बढी हाइटीहरूको टीपीएस अधिकार समाप्त भएको थियो, जसलगत्तै अमेरिकी अधिकारीहरूले उनीहरूलाई देश छाड्न आग्रह गरिरहेका छन्।

यस निर्णयपछि धेरै हाइटीहरू क्यानडा, विशेषगरी फ्रान्सेली भाषा बोलिने क्युबेक प्रान्ततर्फ गइरहेका छन्। रोयल क्यानेडियन माउन्टेड पुलिस र शरणार्थी अधिकारवादी समूहहरूका अनुसार क्यानडा सीमामा हैटीलीहरूको आवगमन र चासो बढेको छ।

यद्यपि, सीमा अधिकारीहरू र अधिकारवादीहरूले गैरकानुनी रूपमा क्यानडा प्रवेश नगर्न चेतावनी दिएका छन्। सन् २०२३ को मार्चमा भएको अमेरिका-क्यानडा सम्झौता अनुसार गैरकानुनी रूपमा सीमा पार गर्दा समातिएका शरणार्थीहरूलाई तुरुन्तै अमेरिकी अधिकारीहरूको जिम्मा लगाइन्छ, जहाँ उनीहरूले देशनिकालाको सामना गर्नुपर्छ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार स्वेच्छिक रूपमा देश छाड्ने व्यक्तिहरूलाई $२,६०० सहयोग र नि:शुल्क हवाई टिकट प्रदान गरिनेछ। अर्कोतर्फ, हाइटीमा विद्यमान राजनीतिक संकट र हिंसाका कारण हाइटीहरू आफ्नो देश फर्कन डराइरहेका छन् र अमेरिकामा काम तथा बस्ने अनुमति गुमेपछि क्यानडामा शरण माग्न बाध्य भएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com