जहाज किन्न सञ्चय कोषले २५ अर्ब ऋण दिने


प्रकाशित मिति : भाद्र ३०, २०७३ बिहीबार

नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ । कर्मचारी सञ्चय कोषको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाउने निर्णय गरेको छ ।

सरकारको जमानीमा सञ्चय कोषले निगमलाई ऋण लगानी गर्नेछ । दुई वाइडबढी जहाज खरिद गर्न २६ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ । ‘नेपाल वायुसेवा निगमलाई दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाइएको छ,’ कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्यले भने, ‘अब निगमले यसको आवश्यक प्रक्रिया सुरु गर्नेछ ।’

निगमलाई यसअघि १ सय ५८ सिटका दुई एयरबस ३२० जहाज किन्न पनि कोषले ऋण दिएको थियो । निगमले ती जहाज खरिदका लागि कोषबाट १० अर्ब ऋण लिएको थियो । सुरुमा १२ प्रतिशत ब्याजदर तोकिएकोमा अहिले १० प्रतिशतमा घटाइएको छ ।

सञ्चय कोषसँग ऋण लिन अर्थ मन्त्रालयले निगमलाई सैद्धान्तिक स्वीकृत दिएपछि ऋण सम्झौताको प्रक्रिया अघि बढ्नेछ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत जमानीका लागि अर्थमा पहल थाल्ने नागरिकमा खबर छ । अर्थबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएपछि निगम र कोषबीच अन्तिम सम्झौता हुनेछ । ‘अब दोस्रो चरणमा ब्याजदरलगायतका विषय टुंगो लाग्छ,’ निगमका प्रवक्ता रामहरि शर्माले भने, ‘अब कम्तीमा ६ महिनामा प्रक्रिया पूरा गरेर हामी टेन्डरमा जान सक्छौँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com